फोर जी सेवा सुरु, गर्नुभएकाे छैन अब एक्टिभ गर्न यसो गर्नुस्

काठमाडौ- सरकारी दूरसन्चार सेवा नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल सेवा ‘फोर जी’ सुरु गरेको छ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले एक कार्यक्रमबीच फोर जी सेवाको शुभारम्भ गरेका हुन् । टेलिकम नेपालमा पहिलोपटक फोरजी सेवा सुरु गर्ने दूरसञ्चार कम्पनी हो । टेलिकमले थ्री जी सेवाकै महसुल दरमा हाललाई फोर जी सेवा दिने जनाएको छ । पोस्टपेड मोबाइल सेवाका ग्राहकले भने यही जनवरी महिनाभित्र चार दिनका लागि चार जीबी डाटा सित्तैमा पाउनेछन् ।

एक्टिभ गर्न यसो गर्नुस

फोर जी सेवा चल्ने मोबाइल सेटबाट ग्राहकले *444# डायल गरी फोरजी सेवा एक्टिभ गर्न सक्ने नेपाल टेलिकम वायरलेस निर्देशनालयका प्रमुख अशोककुमार थापाले जानकारी दिए ।

टेलिकमले पहिलो चरणमा आजदेखि काठमाडौ उपत्यका र पोखरामा यो सेवा सुचारु गरेको छ । त्यसपछि क्रमशः देशका प्रमुख शहरहरुमा पनि विस्तार गर्दै लैजाने टेलिकमले जनाएको छ ।

विश्व चर्चित दूरसन्चार कम्पनी टेलियासोनेराले सन् २००९ मा नर्वेको ओस्लोमा पहिलो पटक व्यवसायिक रुपमा फोर जी सेवा सुरु गरेको थियो ।