मदरसा बोर्डको नेतृत्वमा मस्जिद मदरसाको निरीक्षण, भेटिएनन् जमाती

कपिलवस्तु ,  कपिलवस्तुको जवाभारी र चन्द्रौटामा रहेको मस्जिद मदरसाहरुमा तब्लीगी जमातीका मान्छेहरु लुकीछिपी रहेको भारतीय दैनिक पत्रिका राष्ट्रिय सहारा हिन्दीमा शनिवारका दिन प्रकाशित भएको खबर विना आधार र झूठो भएको मुस्लिम समुदायका अगुवाहरुले दावी गरेका छन।

भारतीय पत्रिकामा समाचार आएपछि प्रदेश नं. ५ मदरसा बोर्ड र राष्ट्रिय मदरसा संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको बताइएकाे छ । प्रदेश नं. ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अल्कुफी, उपाध्यक्ष शैख जैस मक्की, ईप्रका बहादूरगंजका प्रहरी नायब निरीक्षक अभय राउत, शिवराज नगरपलिका वडा नं ७ का वडाध्यक्ष अनुप कुमार चौधरी वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रतिनिध लगायत पत्रकारहरुको टोली द्वारा स्थलगत अनुगमन गर्दा जवाभारी र चन्द्रौटाको मदरसा र मस्जिदमा कोहिपनि बाहिरी मान्छे नभेटिएकाे हाे ।

मदरसा निरीक्षण गर्ने क्रममा प्रदेश नं.५मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले भारतीय मिडीयामा आएको न्यूजमा कुनै सत्यता नरहेकाे बताए ।  प्रशासन लगायत सबैको सहयोगमा निरीक्षण गरिएको र लाकडाउनको पालना मस्जिद र मदरसामा समेत भैरहेकाे दाबी गरे ।

बदनाम गर्ने काम कदापी कहि कतैबाट मुस्लिम समुदायको नहोस र समयको माग अनुसार हामी सबै धर्म जातिले एक आपसमा आरोप प्रत्यारोप नगरेर कोरोना विरुद्ध लडाइमा एक जुट भएर लाग्नु पर्ने जिकर गरे । अनुगमनमा जवाभारी र चन्द्रौटाको मस्जिद र मदरसामा कोइ पनि नरहेको ठहर गरे । 

शिवराज नगरपालिका वडा नं. ७ का वडाध्यक्ष अनुप कुमार चौधरीले अनुगमनका क्रममा जमातीहरु लुकेको खबर प्रति हाम्रो ध्यानाकर्षण भएको बताएका थिए ।