आर्गानिक मिसन कार्यक्रम सम्बन्धी एकदिने कार्यशाला गोष्ठि सम्पन्न

कालिकोट , कृषि विकास कार्यालय कालिकोटको आयोजनामा आर्गानिक मिसन कार्यक्रम सम्वन्धि कार्यशाला गोष्ठि सम्पन्न भएको छ । कालिकोट जिल्लाका अष्गुवा कृषक,पत्रकार,अर्गानिक कृषि अभियान्ता लगायतको उपस्थितिमा सदरमुकाम मान्ममा आयोजित एक दिने गोष्ठि सम्पन्न भएको हो ।

गोष्ठिबाट जिल्लालाई आर्गानिक वनाउने सम्वन्धमा छलफल भएको छ । कार्यक्रममा कृषि विकास कार्यालय प्रमुख भरत बस्नेत,पत्रकार एवम अर्गानिक कृषि अभियान्ता कालीवहादुर मल्ल,अगुवा कृषक टेकवहादुर शाही लगायतले कालिकोट जिल्ला रैथाने अर्गानिक कृषि र रैथाने वाली संरक्षण गरमो मात्र कालिकोट आत्म निर्भर स्वास्थ हुने धारणा राखेका थिए ।

जिल्लाको कृषि विकास रणनीति वनाउनुका साथै रैथाने तथा अर्गानिक कृषिमा अनुदान दिनु पर्ने उनिहरुको भनाई थियो ।