सर्बनाश राजनीतिमा ‘सन्नाटा’ र कम्युनिष्ट आन्दोलन

इतिहाँसमा जबसम्म एउटा सुन्दर परिकल्पना गरेर थालेको बहादुरहरुको वर्गसंघर्ष र वर्गसंघर्षले स्थापित गरेको जनयुद्ध र त्यसले निर्माण गरेका एकएकवटा सकारात्मक तथा नकारात्मक उपलब्धिलाई धरातलमा गम्भीर र निर्मम तरिकाले अध्यन गर्न जरुरी हुन्छ । जतिबेला नेपाली समाजमा रहेको ब्याप्त असमान्ता र बर्गिय उत्पिडनबाट मुक्त गराउन राजनीति क्रान्ति अनिवार्य थियोे । जसको नेतृत्व गर्न सक्ने राजनीति पार्टीको आबश्यक्ता लामो कालखण्डमा खड्किएको हो ।

मुख्यतया नेपाली समाजको मुल समस्या अध्यन र त्यस्को निकासनै जरुरी हो । राष्ट्रियता , जनतन्त्र र जनजिबिका नै नेपाली राज्य ब्यबस्थामा देखा परेका मुल समस्य हुन । जतिबेला राणाहरुको उदय भयो , ठिक त्यतिबेलादेखी नेपाल अर्ध उपनिवेशिक राज्य निर्माण भएको हो । त्यसैबाट मुक्तगर्न नेपालमा थुप्रैपटक आन्दोलन भएका छन ।

अन्तमा हरेक आन्दोलन बिदेशी साम्राज्यवाद देशी विदेशी सामन्तबाद नोकरशाही दलालहरु बिचमा सम्झौता गरेर नेपाल राष्ट्र र नेपाली जनतालाई अस्थिर र अनिर्णयको बन्दि बनाउने गरेका छन । सरकार बदलिनुलाई राज्यब्यबस्था नै बदलिएको भ्रममा पार्दै घरेलु दलाल प्रतिक्रियावादी तत्वले भ्रम फैलाउदै आएको पाइन्छ । २००७ सालमा भएको राजा काँग्रेस र राणा बीचमा भएको त्रिकोणात्मक सम्झौतालाई नेपाली काग्रेसले महान उपलब्धि मुलक क्रान्ति भनेर ब्याख्या गर्नु नै नेपाली काग्रेसमा गम्भीर राजनीति कन्फ्युजन रहेको हो ।

प्रधानमन्त्री मोहन शंसेर राणलाई बनाउने अनि राणा विरुद्धमा महान र सफलता मुलक क्रान्ति भन्नुले नेपाली काग्रेसले २०१५ सालको चुनावबाट प्राप्त गरेको दुईतिहाईको सरकारलाई २०१७ सालमा पन्चायतिहरुको गुरु योजनामा दरबारियाहरुले बिपि कोइरालाको शक्तिशाली सरकारलाई कु गरेपछि तत्कालीन नेता बिपिले लेखेको आत्मबृतान्तमा मैले मुक्तिसेना विघटन गर्नु महाभुल भएको हो,भन्नू भएको छ । तत्कालीन पञ्चेहरु खास दरबारिया नभएर राणहरुकै परिमार्जित शक्ति थिए । जुन शक्तिले नेपालमा राजा र प्रजातान्त्रिक शक्तिमा दरार पैदा गरेर राजतन्त्रको अन्त्यकालागि महत्त्वपूर्ण भुमिका खेलेका हुन।

२०४६ सालको जन आन्दोलन र बामपंथी काग्रेस र माओवादी राजनीति अस्तित्व । २०२८ सालको तत्कालीन मालेले झापा बिद्रोह गर्‍यो । उदेश्य सहि थियो,तर लक्ष्य अत्यन्तै गलत तरिकाले सुरुभयो जस्ले जनताको समर्थन र पहलकदमी कम रहेपछि त्यस्को क्रान्तिकारी अवतरण नभएर दक्षिण पन्थी अबसरबादमा परिणत भयो । जस्ले संसदिय बहुदलीय बाटो अबलम्बन गर्‍यो । जसको मिसन अमेरिकी उदार पुजीवादी बाटो समायो माक्र्सवादको चर्को समर्थन गर्दै एनजीओ चौतर्फी घेराबन्दीमा पर्दै गयो ।

जस्ले राष्ट्रियताको लागि अडिग रहन थाल्यो । उसको समाप्ति र हत्या भयो । त्यसैको परिणाम तत्कालीन एमालेका महा सचीव मदन भण्डारीको रहस्यमय तरिकाले हत्या भयो जुन कुरा कस्तुरीले आफ्नो काल आफ्नै नाभिमा भएको जस्तै तत्कालीन एमालेमा मौलाएको एनजीओ नै एमाले सिध्याउन सफल रहेको तितो सत्य हो । त्यस्तै २०४६ सालमा भएको जन आन्दोलनपछि नेपाली काग्रेसलाई पनि पश्चिमा र भारत साम्राज्यवादको घेरा तोडने नयाँ बैचारिक अकर्मण्यता रहयो ।

जसले स्पष्ट बहुमत हुँदाहुँदै आर्थिक बिकास उत्पादनलाई बैज्ञानिक गर्नुको साटो उद्योग कलकारखाना बेच्ने र सम्पूर्ण हिसाबले वैदेशिक बहुराष्ट्रिय पुजीलाई भित्र्याएर राष्ट्रिय पुजि र श्रोत साधन बिदेशीको जिम्मामा सुम्पिने र देशको महत्त्वपूर्ण नदिनाला भारतलाई सुम्पेर नित्कृष्ट राष्ट्रघात गर्‍यो । जस्ले गर्दा राजनीति स्थिरता भन्दा सार्बभौमसत्ता भौगोलिक अखण्डता र रोजगार र प्रजातन्त्रलाई बिदेशी सग बुझाउन थाल्यो ।

जस्ले अनिवार्य राजनीति क्रान्तिको जरुरी बन्दै गयो । त्यसको परिणाम स्वरुप नेकपा माओवादीको अगुवाइमा जनयुद्धको आधार तयारी भयो । २०५२ साल फाल्गुन १ मा जनयुद्धको सुरुभयो जनयुद्ध बर्गिय,जातीय , क्षेत्रिय लिङ्गीय मुक्तिको मुल मुद्दामा उठाउन थियो । जनयुद्धको एक समिक्षा गर्दा २००७ सालमा नेपाली काग्रेस २०२८ सालको तत्कालीन मालेको झापा बिद्रोह भन्दा सचेत र जनसहभागिता मुलुक थियोे ।

तत्कालीन सत्तारूढ दलहरूले राजनीति समस्या भन्दा बन्दुकको बलमानै माओवादी समाप्त गर्ने रणनीतिको नीति अबलम्बन गर्‍यो । जसको परिणाम माओवादी पार्टीले प्रतिरक्षा र प्रतिरोधात्मक आन्दोलनकै दौरानमा आफ्नै जनमुक्ति सेना हतियार स्थानीय जनसत्ता निर्माणकार्य अघि बढायो । २०५२ साल फाल्गुन एक देखि २०६० सालसम्म क्रान्ति सन्तुलनमा पुग्न सफल रह्यो । दुर्भाग्यपूर्ण माओवादी जनयुद्धलाई राजनीति आर्थिक सामाजिक रूपमा ससक्त बनाउने तर्फ भन्दा दक्षिणपन्थी धार र क्रान्तिकारी धारमा अन्तरबिरोध चर्को बन्दै गयो ।

रहस्यमय तरिकाले मोहन बैद्य किरण सिपि गजुरेल लगाएतको क्रान्तिकारी शक्तिलाई भारतमा गिरफ्तार हुन त्यसपछि बाबुराम भट्टराई र प्रचण्ड बिचको बैचारिक अन्तर बिरोध समाधान भएर जानुलाई रहस्यमय मान्न सकिन्छ । १२ बुँदे दिल्ली सम्झौता जनयुद्धको बिधिवत अन्त्य र संविधान सभाको चुनावका जाल फालिनु नेपाली जनताको वर्गसंघर्ष बलिदानलाई यथावत छोडेर पुरानै ब्यबस्ताको पुनर ब्यबस्थापन गर्नु प्रचण्ड बाबुरामको दक्षिण पन्थी राजनीति बैचारिक तथा संस्कृतिक बिचलनको सुरुवात भएको देखिन्छ ।

वर्गसंघर्षले स्थापित गरेका जनतामा मुल एजेन्डा यथावत राखेर नबसामन्तवाद तथा दलाल पुजीवादी माफियासग बैचारिक संघर्स गर्नुको साटो दशबर्षसम्म जनयुद्धको नेतृत्व गरेको मुल नेतृत्व सम्झौतामा आत्मसमर्पण गर्न पुगेपछि नेपाली वर्गसंघर्ष सर्बनास र सन्न्टाको अबस्थामा पुगेको हो । लोकतान्त्रिक गणतन्त्र शब्दमा एक प्रश्नले धेरै उत्तर खोजिरहेको थियोे । लोकतान्त्रिक गणतन्त्र एमाले काग्रेस माओवादी राजनीति दृस्ठिकोण भन्दा फरक कोणमा बिकास बनेर आयो ।

जस्ले काग्रेसको प्रजातान्त्रिक समाजबाद तत्कालीन एमालेको जबज र माओवादीले भनेको नौलो जनबाद सबैको धरातल बिस्थापन गर्ने गरी नितान्त जर्ज सोरस र फादर मोन फाउन्डेसनको मिसनमा अस्थिरता निम्ताउने बलियो आधार तयार बनेर आएको हो । जस्ले नेपाली राजनीति पार्टीहरु नाममा यथावत रहने तर बैचारिक सैद्धान्तिक रूपमा स्खलित हुने अबस्थामा पुगे । सत्य के हो भने काग्रेस हुल र जमातमा देखिन्छ तर सैद्धान्तिक धरातल नभएको अबस्थामा छ ।

एमाले र माओवादी एकताको अन्तिममा पुगेर विशाल कम्युनिस्ट पार्टीको नाम दिएको देखिन्छ । माक्र्सवाद लेनिनवाद र माओवादको बैचारिक कोनबाट धेरै टाढा पुगेको अबस्थामा छ । सत्य के हो भने प्रचण्डले आफै भन्नुभएको छ । माक्र्सवाद होपनी होइन पनि त्यस्तै अर्का अध्यक्ष केपि ओलिले भन्नू भएको छ हाम्रो यो पार्टी कम्युनिस्ट पार्टी होईन बिशाल समाजबादी पार्टीको जमात हो । सैद्धान्तिक तथा बैचारिक सम्भावना औल्याउँदै जादा प्रचण्ड र केपि वलिले हजारौं प्रयत्न गरेपनी उहाहरुको पार्टी कम्युनिस्ट पार्टी बन्न नसक्ने अबस्थामा पुगिसकेको छ । दलाल स्वास्थ शिक्षा भुमि जल जमीन सबैमा माफियाको चौतर्फी घेराभित्र पसिसकेको तथ्यगत यथार्थ हो।

जनयुद्ध र कमरेड प्रचण्ड एक समिक्षा 

जतिबेला प्रचण्डले जनयुद्धको नेतृत्व गरिरहेका थिए । त्यतिबेला बिश्व साम्राज्यवादले र समाजबाद भन्नेहरुका विरुद्धमा कसरी लडाई लड्न सकिन्छ , भनेर गम्भीर संकटमा थियो । माक्र्सवादीहरुले संसारका मजदुर एक हौ भनेर नारा दिए बिश्व पुजिबादले बिश्वब्यापी रूपमा मजदुरहरुको एकता हुन नपाउदै बिश्वका पुजीवादीहरु एक हुने कसरत गरे जसरी बिज्ञान र हाई टेक्नोलोजी प्रयोगमा ल्याएर पुजीवादीहरु बहुराष्ट्रिय कम्पनीको माध्यमबाट बिश्वब्यापी रूपमा मजदुरहरु माथी सोसन गर्न सकिन्छ ।

तेस्रो बिश्वयुदको झमेलाबाट उक्लेर माक्र्सवादीहरुमाथी बिजय प्राप्त गर्न सक्ने एकलौटी पुजीवादी एकता अभियान बिज्ञान टेक्नोलोजी र प्रबिधिमा बिकास गरे भियतनाम र चिनबाट प्राजित साम्राज्यवाद नेपाली जनयुद्ध देखी सचेत बनेर कुनै जनयुद्ध होईन आतंककारी युद्ध हो । भन्ने साबित गर्न चहान्थे त्यहीँ अनुरुप प्रचण्ड लगायत माओवादी नेताकार्यकर्ता सबैको टाउकाको मुल्यसमेत तोकेका हुन ।

तर प्रचण्डले बिशाल जनसमुदायको साथमा जनयुद्ध अगाडि बढाए अर्को सत्य के हो भने प्रचण्डले भियतनाम र चीनिया मोडलभन्दा नेपाली जनयुद्धको मोडल फरकफरक तरिकाले अगाडि बढाउन सकेनन । वर्गसंघर्षको जब मोडल फरक तरिकाले अगाडि बढाउन सकेनन । प्रचण्डले साम्राज्यवादले तयार गरेको जालोभित्र नेपाली जनयुद्धको घाँटी निमोठ्ने काम गरे बाह्रबुँदे सम्झौता चुनबाङ बैठक पश्चिमा भारती साम्राज्यवादको सामु जनयुद्ध र वर्गसंघर्षका सम्पूर्ण मुद्दाहरूको सहिछाप गरेर त्याग्नु भयो अर्को कुरा माओवादी पार्टी भित्रमा बाबुराम र प्रचण्ड बीचमा देखिने अन्तरबिरोध पश्चिमा तथा भारतिय रहस्यमय चलखेल त्यतिकै छ । 

बाबुरामलाई प्रचण्डको ठाडो आदेशमा भएको कार्बाहिपछी भारतिहरुले प्रचण्ड विरुद्धमा दरो निगरानी बढाएको देखिन्छ । यो अबस्थालाइ माओवादी भित्रका त्यतिबेलाका सम्पूर्ण केन्द्रीय समितिले बुझ्न जरुरी थियोे । अहिलेपनी गम्भीर आत्म समिक्षा गर्न सक्नुपर्छ । पश्चिमा साम्राज्यवादले दन्द्ध ब्यबस्थापन गर्ने निहुमा प्रचण्डसग हरेक आफू अनुकुल एजेन्डालाई बोकाउने र जनयुद्धको एजेन्डा असम्भव देखाउदै आए जस्ले केही जनयुद्ध लडेको शक्ति पुन वर्गसंघर्ष तिरै फर्किने अवस्था आयो ।

वर्गसंघर्षलाई गुम्रहामा पार्न प्रचण्ड बाबुराम र बिदेशी डिजाइनमा चलेका नेपाली राजनीति दलहरूले संविधान सभाको चुनावबाट मात्रै जनता र राष्ट्रलाई मुक्त बनाउन सकिन्छ भनेर घृणित अफवाह फैलाउन थाले । नेपाली जनतालाई एउटा ठुलो भ्रम सिर्जना गरे राजतन्त्र मात्रै जनताको प्रमुख शक्ति हो भनेर राजतन्त्रको अन्त्य गरियो बिडम्बना राणा र सामन्तबादले निर्माण गरेका हरेक आधार र उपरी संरचनाको सफल उपयोग गर्न प्रचण्ड बाबुराम पुगे अहिले हेर्दा राजाबिनाको राजतन्त्र र राणा बिनाको निरंकुश फासिबाद उन्मुख सरकार देखिन्छ । यसको मुल कारण सरकार बदल्ने र ब्यबस्था बदल्न नसकेको यथार्थ हो ।

सरकार बदलिने र ब्यबस्था नबदलिने अवस्था आएपछि तत्कालीन एनेकपा माओवादी टुटफुटको अबस्थामा पुगेको हो । माओवादी पार्टी बिभाजन भएपछि नेपालमा कम्युनिस्ट आन्दोलन बिधिबत रूपमा समाप्त भएको हो । माओवादी पार्टी नरहेर समुहमा रहेका हुन । प्रचण्ड समुह बैद्य समुह बिप्लव समुह बने राजनीति तथा बैचारिक बिचलनपछी बिप्लव,बैद्य कम्युनिस्ट पार्टी निर्माणका लागि प्रयत्नशील रहेका छन । पछिल्लो अवस्थामा गोपाल किराँती, आहुती लगाएको प्रयत्न कम्युनिस्ट पार्टीको निर्माणकार्यमा छन ।

प्रचण्ड आफैले कम्युनिस्ट पार्टीनै नभएको दाबिगर्दै आउनु भएको तत्कालीन एमालेमा ठुलो समुह सहित विलय गराउनु भयो । बाबुराम लामो समयसम्म माओवादी पार्टीमा रहेपनी उहाँ सुरुदेखिनै कम्युनिस्ट माक्र्सवादी होईन । आदर्शबादी चिन्तन चरम महत्वाकांक्षी तर दृष्टिकोण हिन बौद्धिक हो अब पश्चिमा जाजुसहरुले सत्ताधारी लाइनै वास्तविक कम्युनिस्टको रूपमा स्थापित गरेर कम्युनिस्ट राजनीति सिद्धान्तलाई बिश्वब्यापी पतन गराउन खोज्दैछ्न ।

अबको कम्युनिस्ट पार्टीको निर्माण र संभावना 

बडो हास्यास्पद कुरो त के भने बिगतको कम्युनिस्ट आन्दोलनमा लामो नेतृत्व गरेर असफल जनयुद्ध गरेर सत्तामा पुगेका प्रचण्ड बादल र बाबुराम झापाको असफल बिद्रोह गरेर सत्तामा पुगेका तत्कालीन एमालेहरु अब क्रान्ति गर्न सकिदैन तर समृद्धि ल्याउन सकिन्छ भन्ने भ्रममा छन । अचम्मको भ्रमको खेतीबाट सत्तामा आफ्नो आयु लम्बाउन खोज्दैछन । प्रचण्ड समुहको केही र केपि समुहको केहिले क्रान्तिबाट सत्ता कब्जा गर्न सकिदैन बन्दुकको जरुरी छैन भन्नुहुन्छ त्यतिको अहिलेका जोसुकैलाई थाहा छ कि प्रमाणुबम समातेर बसेको सासकलाइ जित्न बन्दुकको मोहरिले सकिदैन ।

अर्कोतिर बिज्ञान र प्रबिधि अर्थिक सप्पन्न पुजीवादी ब्यबस्थालाइ संसदिय चुनावका माध्यमबाट पनि सम्भब छैन । हजारौ अनु प्रमाणु बमहरुभन्दा जनता धेरै शक्तिशाली हो । जनताको सचेत पहलमा बैज्ञानिक समाजबादी राज्यको निर्माणका लागि माक्र्सवाद अनिवार्य छ । त्यसको लागि दक्षिणपन्थी आत्मसमर्पणबादको बिकल्पमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माणको सुन्दर प्रयत्नशील किरण बिप्लव, आहुती लगाएत सम्पुर्ण बामपंथी क्रान्तिकारी शक्तिको महान बहसमा जान जरुरी छ ।

राष्ट्रियता,जनतन्त्र र जनजिबिकाको बैज्ञानिक खोजनुका साथै जनप्रतिनिधि सेबक र जनता सासक हुने विधि प्रक्रियामा पुग्ने माक्र्सवादको बैज्ञानिक समाजबादको सिद्धान्तनिष्ठ नेता कार्यकर्ताको असली फौज निर्माणकालागि पहल गरेपछि मात्रै बर्तमान अस्थिरता राजनीति सन्नाटा र सर्बनाशको अन्त्यगरी जनतालाई अधिकार प्राप्त गराउन सकिन्छ ।