मेरो ‘भ्यालेन्टाइन डे’

फेब्रअरीको महिना, मध्य गर्मी छ यहाँ । जतातै समाचारमा आगलागीका खबरहरु भयानक भएर प्रस्तुत भैई रहेका छन ।
अरबौंको धनजनको क्षति, लाखौ मानिस बेघर, करोडौ  जीवजन्तुको बिनासका समाचार बाहेक अरु कुनै समाचारहरु
मिडियाबाट प्रस्तुत भएकै छैनन् ।

समाचार हेर्दा पनि मुटु खर्लंग हुन्छ ।  भक्कानो छुटेर आउँछ ति निर्दोष प्राणीहरु सखाप भएको देख्दा । सबैको मनमा एक किसिमको भय छ । कति खेर झोला कुम्टो बोकेर भाग्नु पर्ने हो भन्ने त्रासले सबैलाई ब्याकुल बनाएको छ ।

आज पनि बिहान नौ बजे देखि नै पोल्ने घाम छ, पानी पर्ने कुनै छाँट नै छैन, जब कि पानी नपरेको महिनौ भैसक्यो तर जे जस्तो
भए पनि जीवन त चल्नु नै छ। गर्नु पर्ने कुराहरु त मानिसले गर्नु नै छ। प्रकृती जतिसुकै निर्मोही र कठोर किन नहोस यहाँ जति
जिएका छन उनीहरुलाई अझै जिउनको लागि त अघि बढ्नु नै छ, जीवन रुपी इन्जिनलाई चलाउनु नै छ।

प्रिया यस्तै सोच्दै हतार हतार बेनडीगोको सहरको गल्लि छिचोल्दै आफ्नो गन्तब्य तिर हानिन्छे। उसलाई मेलबर्न जाने ईच्छा त छैन तर उसको दिदी श्रेयाले सारै कर गरेकीले उ आफ्नो केहि महत्वपूर्ण कुराहरु सुटकेसमा राखेर बाँकी यत्तिकै छोडी बस स्टप तिर हानिन्छे। प्रियाको
मनमा एक तमासको तनाब भैरहेछ।

उ सोच्छे, यसै पनि अस्थिर जीवन। अर्काको देशमा कुनै कुराको लागि मन ढुक्क पारेर हिड्न सकिदैन झन त्यसमाथि यो खडेरी र आगलागीले अर्को अन्योल खडा गरेको छ। ‘ओहो, के हुन लागेको होला यो बर्ष?’ उ रातै भएर उदाएको सुर्य हेर्दै भन्छे, ‘सुर्यको रंग नै कस्तो डरलाग्दो देखिएको! यस्तो रंगको सुर्य त कैले देखिएको थिएन रे आकाशमा । मैले पनि त यहाँको गर्मि जाडो दुवै भोगी सकें नि, तर साच्चै यस्तो सारो त पहिले कैले भएको थिइन।‘

जतिसुकै मर्लान्त गर्मी भए पनि बेनडीगोको बजारमा चहल पहल आज अरुबेला भन्दा अझ बढी नै छ। अस्ट्रेलियाको भिक्टोरियामा स्थित यो सहर जहाँ करिब एकलाख दश हजार जति मानिसहरु बसोबास गर्छन आज ति सबै मानिस यहि थुप्रिए जस्तो भिड छ यहाँ,के रहेछ कुन्नी आज? यस्तै सोच्च्दै उ भिड छिचोल्दै बस स्टप पुग्छे।

बिहानको १० पनि बजेको छैन तर गर्मि भने मध्य दिनको जस्तो छ। आकास निर घोप्टिए झैँ निलो छ, बादलको कतै निसानी नै छैन, न त हावा नै फिटिक्कै चलेको छ। निधारको चिटचिट पसिना पुस्दै उ हतार हतार बस स्ट्याण्ड तिर लाग्छे। बसभित्र छिरेपछि एसी को चिसो हावाले भित्र आत्मासम्म नै राहत दिन्छ। उ सित्तल हावामा लामो सास फेर्दै बसको झ्यालबाट बाहिरको कठोर मौसमलाई निहाल्छे।

बस बिस्तारै बिस्तारै मान्छेहरुले भरिन्छ। अनि एक सेकेन्ड पनि बिलम्ब नगरी आफ्नो ठ्याक्क समयमा बस ड्राइभर बस गन्तब्य तिर दौडाउछ। बस भित्र सित्तल छ तर बस बाहिर धुँवाका पर्दाले ब्रम्हाण्ड नै धमिलो बनाएको छ। बाहिर ब्रम्हाण्डमा रंग बंगीएका धुँवाका गन्ध कता कताबाट बस भित्र छिरेर पुरै बस धुँवामा डुबे झैँ गन्धले भरिएको छ। दमका रोगीहरुलाई यो बायुमंडलको प्रदुषणले निकै गारो भएको छ।

बस भित्र कति मानिसहरु बारम्बार दमको पफ़र मुख भित्र स्प्रे गरि आफुलाई राहत दिने कोसिसमा छन त केहि मानिसहरु धुवाँको असरले निरन्तर खोकी रहेका छन। प्रिया बसको झ्याल बाहिर डढेलो लागेको बनको खरानी माथि, गर्मीमा प्याक प्याक भई दौडिरहेका कंगारू र कुवालाहरुको दयनीय अबस्था अनि लाचार चराचुरुङ्गीहरु अताल्लिदै यत्रतत्र उडिरहेको दृश्य देख्छे।

उसलाई लाग्छ, प्रकृतीको अगाडी मानिसको केहि जोड छैन। बिज्ञानले जति सुकै बिकास गरे पनि के गर्नु? न त मानिसले सुर्यको ताप घटाउन सक्छ न त आंधी हुरी र सुनामीलाई रोक्न नै सक्छ। ओहो! बरु छिट्टैनै यो मौसम बदलिएर सित्तल भैदिए पनि त सबैलाई राहत मिल्थ्यो, उ पट्यार लाग्दो तेजिलो दिन हेर्दै आफैसंग कुरा गर्छे। ।

बस बिस्तारै मेलबर्नको सहर भेट्दैछ। जति जति मेलबर्न नजिक आयो, उति उति बिशाल गगनचुम्म्बी बिल्डिंगहरु देखिन थाल्छन। मेलबर्नमा मानिसहरुको चहल पहल देख्दा कुनै अर्कै दुनियामा छिरे झैँ महसुस हुन्छ उसलाई। यहाको भिडभाड जैले पनि यस्तै, उ सोच्छे। जहाँ गए पनि कति मानिस, कति गाडी। जे हेरे पनि उस्तै, जता गए पनि उस्तै। यत्रो बिकास गर्न कैले भ्याएको होला?

मेलबर्न पुगे पछि बस स्टपमा श्रेया आफुलाई पर्खेर बसेको देख्दा उसको मनमा अपार खुसि मिल्छ। आखिरमा जे भने पनि आफ्नो भनेको आफ्नै हो। कति माया गर्छे श्रेयाले मलाई, उ सोच्छे, उमेरमा आफु भन्दा धेरै ठुली नभए पनि श्रेया आफु भन्दा ज्यादै धेरै ब्यबहारिक र अरुलाई माया गर्ने खालकी लाग्छ प्रियालाई।

मेलबर्नको मध्य बजार पुरै रातोमा सजिएकी नव दुलही झैँ देखिएको छ आज। गाडीको झ्यालबाट देखिएका ति रातै बनेर सजेका पसलहरु प्रियाको आँखामा चमकिन्छन। ‘ए आज त फेब्रुअरी १४ भ्यालेन्टाइन डे पो रैछ त’, उ श्रेयालाई भन्छे। हो त। देखिनस, खैरा खैरीको नौटंकी बाटो बाटोमा, श्रेया हास्छे । के नौटंकी नि, तँ पनि हसौछेस। रोमान्टिक भन्न बरु’, उ फेरी हास्छे। ‘नौटंकी रे। तँ जे सुकै भन मलाई त कस्तो मन पर्छ यो भ्यालेन्टाइन डे को सजिसजावट अनि त्यो रागत जस्तै गाढा रातो गुलाफ। ति भलभेटमा बेरेका उपाहरहरु।

आहा ! सम्झदा पनि मनमा काउकुती लाग्छ, प्रिया मस्किदै भन्छे। ;अनि कोहि होस जसले तँलाई ह्यापी भ्यालेन्टाइन डारालिंग भन्दै भलभेटका उपाहर दिदै गुलाफको थुन्गाले तेरो गालामा स्पर्श गर्दै भनोसआई लभ यु । वहा वहा! क्या रोमान्टिक हुन्थ्यो यार जीवन यस्तै हुने
हो भने, उ गललल्ल हास्छे। ‘पागल। त्यस्तो पनि माया हुन्छ? ति त सब देखावटी हुन, नौटंकी, फिल्मी। माया त…
प्रिया श्रेयाको कुरा बिच्चैमा काटेर भन्छे,
‘अँ त्यै त, माया त रातो गुलाफ अनि रातो बेलुन हैन
माया भ्यालेनटाईनका सजिएका चकलेटका बट्टा हैन
माया बर्षमा एक पटक मनाउने चाड पनि हैन
अनि हवसमा लिप्त भै रातो मखमलमा बिताउने रात पनि हैन
श्रेया लाजले रातो हुदै भन्छे,भो भो। चुप लाग अब। नचाहिने कुरा त कन्ठै आउछ यसलाई
अनि त्यसपछि के रे ? प्रिया हास्दै भन्छे।
अनि श्रेया मुसुमुस गर्दै भन्छे, ‘क्ष्या चुप लाग भन्या

श्रेयाको कुरालाई बेवास्ता गर्दै, ;ए सम्झे सम्झे प्रिया भन्छे,

;मेरो भ्यालेनटाईन त कैले नमुर्झाउने मायाको फूल हो
सुख होस् वा दुख जीवनभरको साथ हो
बिस्वासमा रोपेर मायामा फुल्ने
मेरो माया नै तिमीलाई
मेरो भ्यालेंनटाँईनको उपहार हो;
प्रिया खित्का छोड्दै हास्छे, जे सुकै भन। मान्छे चाई सारै अनरोमान्टिक त्यो जीवन चस्मे। ‘के हासेको त्यसारी? त्यस्तो पनि हैन। कति अर्थपूर्ण छन ति लाइनहरु भन्ने मैले अहिले बुझ्दैछु। तैले पनि बुझ्छेस पछि प्रिया हास्छे, ‘जेसुकै भन ति रोमान्टिक लाइन भने होइनन’
;रोमान्टिक होस या अनरोमान्टिक। तर म तँलाई भनिदिन्छु, आजकालको जवानामा तैंले कल्पना गरेको जस्तो प्रेम
चाहि तैले कतै पाउदिनस, ट्रस्ट मी। इट डजन्ट एक्जिस्ट। प्रेममा धोका भयो कि के हो? आजकाल त तेरो सोचाई सारै बदलिएछ,प्रिया आँखा सनकाउदै श्रेया तिर हेरेर हास्छे।
तँ यो नचाइने बकबास नगर। बरु सुना के छ नया ?
ही ही ही, प्रिया हास्छे, ‘आज त चस्मेको घाँटी धेरै खस्खासायो होला। आज तैंले धेरै सम्झिस त्यसलाई, प्रिया
जिस्किदै भन्छे।

‘त्यै त, आज तैंले कबिता बाचन गरेपछि साञ्चै त्यो दिनको झझल्का आयो’, श्रेया भन्छे। ;सायद फागुनको महिना थियो
त्यो, जाडो पुरै घटी सकेको थिएन। अनि ११ कक्षाको मध्य, सबै पढाईमा व्यस्त थिए तर म र मीना भने कलेजको चौरमा घाममा
बसेर बदम खादै गफ जमाइ रहेथ्यौ। चौरको वर पर छिरबिरे परेवा र काला कौवाहरुले कराउदै यत्र तत्र उडिरहेका थिए। चौरमा
बसेर बदम खानुको मजा फेरी आर्कै थियो। त्यसमाथि मीना र म बसेर गफ गर्न थालेपछि समय बितेको पनि पत्तो हुदैनथ्यो,’ श्रेया
मुस्काउछे।

तँ र मीना भएपछी त मलाई छेउमा पनि आउँन दिदैंथ्यौ नि तिमीहरु,; प्रिया भन्छे।
;छोडदेन ति कुरा’, श्रेया भन्छे। ‘त्यस दिन म मीना लाई भन्दै थिए, मलाई त अर्को क्लास लिनै मन नै छैन। आज भाग्न
पर्ला जस्तो छ बुझिस।

अनि मीना गलल्ल हास्दै भन्छे, आज त तैलें पनि गज्जब कुरो गरिस। धेरै पढेर के हुन्छ अनि पढेर को ठुलो भाछ, तँ आफै भन न? हाम्रो राष्ट्रपतिले धेरै पढेर रास्ट्रपति भाको हो र? नमुना आफ्नै देशमा हुदा पनि आमा बाउ पढ पढ मात्रै भनि राख्छन यार। उ फेरी हास्छे अनि भन्छे, तर एकछिन यही बस्ने है, घर त जानै मन लाग्दैन भन्या। खालि आमा कचकच कचकच गर्नु हुन्छ। बरु तँसंग घाममा बसी बदम खानै रमाइलो।‘

अनि एक छिन केहि सम्झे झैँ गर्दै श्रेया भन्छे, त्यस दिन मीना अलि बढी नै हांसी राखेकी थिइ। मैले मीना लाई भने, तँ
अलि बढी नै हासेकी हैनस आज? के भो? सुना न? निकै रमाइलो गोसिप भेटेकी छस कि के हो?
मीना झन हास्छे।

म पागल भन्छु उसलाई अनि उ भन्छे, ;भो पागल नभन्। एउटा कुरा सम्झेर हास्दै छु। पागल हैन के म, मीना मुसुमुसु
गर्दै भन्छे, ऐले कुरो सुनिस भने तँ पनि मुर्छा पर्छेस।
के भो? सुना न त, म भन्छु।
मुर्छा परिस भने नि फेरी।
मुर्छा परे के भो त? नमरे भै गो नी।
नरिसा है त ।

अनि मीना भन्छे कि चस्मेले मलाई भ्यालेंनटाँईनको उपहार रुपी प्रेम संदेश कबिता लेखेर कार्ड दिएको छ।‘ श्रेया एकछिन टोलाएर हास्दै भन्छे, ‘त्यो कार्डमा लेखेको कबिता पढेर कति खिल्ली उडाएका थियौ हामीले चस्मेको। अझ मैले भन्दा पनि बढी मीनाले। के मात्रै नराम्रो कुरा भनिन र जीवनलाई उसले? तर इन्ट्रेस्टइंग कुरा सुन अब,; श्रेया भन्छे।

के भन् न? ’ ;चस्मेले मलाई भ्यालेंनटाँईनको कार्ड दिए पछि उ देखिनै छोड्यो। पछि थाहा पाए, अमेरिका पढ्न गएको भन्ने। त्यसको
केहि समय पछि मीना पनि अमेरिका गइ,श्रेया प्रियालाई हेर्दै भन्छे। ‘एक बर्ष पछि मीना अमेरिकाबाट चस्मेसंग
इन्गेजेड भई भन्दै मलाई भेट्न आइ,‘ श्रेया टोलाउछे।

म त छक्क परे। त्यस्तो जथाभाबी भन्थी चास्मेलाई, आज उहीसंग इन्गेजेड? कस्तो आफुलाई मीनाले बेबकुफ बानाए झैँ महसुस भयो। चस्मे बास्तबमा त्यस्तो नराम्रो पनि होइन तर आजकालका मोर्डन ठिटाहरु जस्तो सात आठ ठाउमा प्वाल परेको झर्न लाएको जिन्स लगाएर हिड्ने खालको भने थिएन। ठुलो ठुलो पाओर भाको चस्मा लगाई, छेउमा कपालको सिउधो काटी, आँखासम्म लामो कपाल अगाडी ल्याएर टाउको बाङ्गो पारेर हिड्ने हुनाले केटीहरुले चस्मे नाम राखी दिएका थिए। मान्छे त सारै पढ्ने र मिहनती थियो रे तर
बोइ फ्रेन्ड भन्न चाही अलि लाज हुने खालको।‘

कति मीना मीना गर्थिस त तँ?’ प्रिया भन्छे, ‘उसैले बेकुफ बनाईदिछे तँलाई
के भो त। उनीहरु एक भएकोमा आई ह्याब नो प्रब्लम के,

; श्रेया भन्छे,तर चस्मेको माया टेक इट एज आन एक्जाम्पल भन्न खोजेको। यदि म त्यस्तो मन परेको भए त्यति छिटो उ मीनालाई अपनाउन सक्थ्यो? हि उड ह्याब ट्राईड मोर’

‘चिन्ता नगर, थिन्ग्स ह्यापेंन फर रिजन के, ‘चिन्ता गरेको हैन। तेरो आँखा खोल्न खोजेको। डोन्ट लिभ इन रङ बिलिफ भन्न खोजेको। ट्रस्ट मी। देर इज नो साँचो प्रेम एज सच् ,‘ त्यसपछि श्रेया फेरी भन्छे, सुन तँलाई म एउटा अर्को इन्ट्रेस्टटिंग कुरा सुनाउछु’
सुना न, एक छिनको मौनता पछि श्रेया भन्छे,म भर्खर भर्खर सिड्नी आएको थिए। एउटा ह्यारी भन्ने नेपाली केटासंग भेट
भयो। मेरै उमेरको’

हरिबाट ह्यारी भएको हो कि के हो ? प्रिया हास्छे।

हि ही’, श्रेया संग संगै हास्छे, ठ्याक्कै भनिस। त्यस्तै नै हो। तर मान्छे ह्यान्डसम, रमाइलो र इन्ट्रेसटिंग थियो। दुइ चार
पटकको भेट पछि हाम्रो राम्रो फ्रेन्डसिप भयो। उसको साथ मलाई रमाइलो लाग्थ्यो। एभ्रीथिङ्ग वज गोइन्ग ओक अनटील लास्ट
भ्यालेंनटाँइन; उ पर कता हेर्दै टोलाउछे।
‘अनि के भो ? प्रिया सोध्छे।
;त्यो दिन द वेदर वज प्रिटी हट तर अहिलेको जस्तो मर्लान्त गर्मि चाहि हैन, एण्ड इट वज भ्यालेन्टाइन डे इभिनिंग’,
श्रेया भन्छे। ‘उ मलाई घरमा लिन आयो। हि लूक्ड भेरी ह्यापी द्याट डे। म तिमीलाई आज मेरो घर लैजान्छु, उवी विल सेलिब्रेट
एट माइ प्लेस। मैले हुन्छ भने,’ श्रेया भन्छे।
‘मैले पनि उसको लागि एक गुलाफ र एउटा उपहार किनेको थिए। खुसुक्क लुकाएर झोलामा हाले। सर्प्राइज दिने बिचार
थियो’, उ हास्छे। ‘अनि हामी उसको अपारट्मेन्टमा पुग्यौ। एकजाना साथिसंग बस्थ्यो उ तर साथि चाहि ब्रिसबेन घुम्न गएकोले
सिङ्गै अपार्टमेन्ट उसको मात्रै थियो त्यस दिन। घर एकदम नया र राम्रो थियो।
कस्तो राम्रो घर, मैले भने।
अझै राम्रो त मैले देखाउने बाँकी छ, उ भन्छ, हिड उता अर्को कोठामा ।
म ह्यारीको पछि लाग्दै अर्को कोठा तिर लागे।
कोठा देखेर म छक्कै पर्छु, ओ माइ गड! के को लागि सजाएको यस्तो ? रातो भलभेट को तन्नाले छोपेको वेडको माथि ‘आई लभ यु’ लेखेको ठुला ठुला राता बेलुन, बिछ्यौना देखि कार्पेटसम्म जताततै छेरेको राता गुलाफका पत्ताहरु। अनि पान आकारको ठुलो भलभेट बक्स वेडको साइड टेबलमा। वर पर टेबलमा राता राता मैनबत्तीहरु बालेको। कुनै सिनेमाको दृश्य जस्तै थियो त्यो। म निस्तब्ध हुन्छु। जीवनमा यस्तो सजिसजाउ त मैले कसैको बिहे घरमा पनि देखेकी थिइन। एक छिन सबै कुरा सपना जस्तो लाग्छ। तैंले कल्पना गर्ने रोमान्टिक सिन थियो त्यो,उ प्रियालाई हेर्दै
भन्छे।

साच्चै ! कस्तो रोमान्टिक आई उड लभ इट यार,

; प्रिया उत्साहित हुन्छे।
अफ कोर्स,; श्रेया टाउको हल्लाउदै भन्छे,

;तेरो इमाजिनेसन जस्तै, तर पुरा कुरो सुन पहिले।
;अँ भन भन। इट्स गेटिंग इन्ट्रेस्टटिंग
‘उ ह्याप्पी भ्यालेंनटाँइन भन्छ, यो सबै सजिसजावट तिम्रो लागि।

आजकै दिन केहि बर्ष अगाडी चस्मेले उल्थाएको भ्यालेन्टाइन र ह्यारीले मनाएको भ्यालेन्टाइनमा कति फरक ? म सोच्छु। तँलाई जस्तै मलाई पनि चस्मे झनै बढी अनरोमान्टिक लाग्छ। म मनमनै चस्मेको अझै बढी मजाक उडाउछु। अनि सोच्छु मान्छेलाई भावात्मक मायाले मात्र कहाँ पुग्छ र ?

कैले काही रातो गुलाफ जस्तो पनि हुनु पर्छ माया- उत्ताउलो, आकर्षण, गहिरो, उग्र अनि रंगिन। अनि यस्तो काल्पनिक होस माया कि जसको कल्पनामा मात्र पनि काउकुति लागोस ।  हो त। मेरो मायाको डेफीनेसन त यहि हो- एकसैटिंग, रोमान्टिक, आय्ड़भ्यानचरस। ह्यारी सीम्स टु बि माइ ड्रिम म्यान यार। मैले पो भेट्न पर्ने रहेछ प्रिया उत्साहित हुदै हास्छे।

चुप लाग, श्रेया भन्छे। बीच बिचमा बोलेर कुरै भुलाईदीन्छे। अँ के भन्दै थिए रे म ?

यति भन्दै श्रेया भन्छे, ;अँ अनि
ह्यारीले भन्यो, कस्तो लाग्यो त सर्प्राइज?
म अकमक्क परे अनि भने, यहि हो सप्राइज?
हि केम क्लोज टु मि र मेरो हात समाउदै मलाई वेड तिर लग्यो।
‘व्हाट?!’ प्रिया छक्क पर्छे। ;ग्रोस
म भित्र भित्रै डराएको थिए तर म नडराए झैँ गर्दै उसंगै वेडमा बसे किनकी आई वाज प्रिटेंनडिंग द्याट आई ट्रस्टेड हिम । यो सजावट मेरो सप्राइज तिमीलाई हाम्रो फस्ट भ्यालेन्टाइन मेमोरेबल बनाउनको लागि, उ भन्दै थियो र वेडको साइड टेबलमा राखेको एउटा गुलाफको फूल म तिर सार्दै उ मलाई आई लभ यु भन्छ अनि बिस्तारै आफ्नो हात मेरो सरिरमा यत्र तत्र
बढाउछ। मलाई एकदम अफ्ठेरो लाग्छ अनि डर पनि।

एभ्री थिङ्ग वाज सो अनेस्पेकटेड,’ उ भन्छे। ‘उ नजिकिदै मलाई चुम्बन गर्न खोज्छ, उसको मुखबाट आएको अल्कोहलको गन्ध हुस्स मेरो नाक भित्र छिर्छ, म जुरुक्क उठ्छु। यु आर ड्रअंक? के भो त अलि अलि पिएर। आउ तिमि पनि साथ देउ बरु मलाई। उ उता पर राखेको वाइनको गिलासलाई म तिर सार्दै भन्छ। त्यसपछि मलाई आफु अन्सेफ फिल हुन्छ। म रिसाउछु र जुरुक्क उठ्छु। प्लिज नरिसाउन, यति भन्दै उ फेरी मेरो छेउमा आउछ अनि भन्छ पख, आइ ह्याब सम थिङ्ग फर यु।

उपहारको बट्टा हातमा थम्माउदै उ फेरी मेरो हात स्पर्श गर्छ । अनि फेरी बिस्तारै बिस्तारै उसका हातहरु मेरो सरिरमा
सग्बगाउन थाल्छन। मलाई बिस्वास भयो अब उसलाई रोक्न गारो छ। उसको ब्यबहारले मलाई आतंकित बनाउछ। म काम्न थाल्छु
र आत्तिएर त्यहाँबाट भाग्छु।

ह्यारी वेट भन्दै पछि लाग्दै थियो तर म उसलाई बेवास्ता गर्दै त्यहाँबाट निस्किन्छु। बाहिर मिर्मिरे अँधेरोमा मानिसहरु रंगबंगी रहेका थिए। बाटोको दाँया बायाँ ठडाएका धमिला बत्तीहरुमा म आफ्नो अस्तिव लुकाउदै, इज्जत बचाउदै बिना लक्ष्य दौडिरहेकी थिई। डरले कामेर लरबरीएका मेरो खुट्टाहरु बल्ल बल्ल अघि सर्दै थिए,’ श्रेया सुस्काउछे, ‘कसलाई बिस्वास गर्ने कसलाई नगर्ने ?’

उ अझै भन्छे, ‘निकै बेर कुदे पछि म अलि पर रहेको ट्याक्सी स्ट्याण्डमा ट्याक्सी कुरेर बस्छु। मैले ह्यारीलाई सर्प्राइज
गर्न किनेको गुलाफ मेरो ब्याग मै थियो जसमा रहेको काँडाले ब्याग छेडेर बाहिर निस्की मलाई कोतर्छ। म ब्यागबाट त्यो फूल र
मैले ह्यारीको लागि किनेको उपहार निकाल्छु। मलाई कस्तो मन पर्ने गुलाफ मेरो झोला भित्रै ओइलाएछ। म खिन्न हुन्छु मेरो

गुलाफको बिजोग हेर्दै। मेरो दाँया पट्टि अलि पर एउटा होमलेस अर्थात घर बिहिन माग्ने भुईमा बसेर मागी रहेको थियो, सभ्य
तरिकाले। उ कसैसंग जबर्जस्ती गरेर माग्दैन। आफ्नो अगाडी एउटा कार्ड बोर्डमा भद्र तरिकाले उसले लेखेको थियो, एनी लिटिल
सपोर्ट इज एप्रिसिएटेड। ह्यारी भन्दा त यो माग्ने नै बढी सभ्य र समझदार लाग्छ। म फूल र उपहार दुवै त्यसैको टोकरीमा हालेर
ट्याक्सी लिई घर जान्छु।

मेरो निर्दोष अनि पबित्र मनमा कति तनाब थियो त्यति खेर तैले कल्पना पनि गर्न सक्दिनस। म घर पुगेपछि कोठामा ढोका बन्द गरेर डाँको छोडी छोडी रुन्छु। धोका? अनि त्यो पनि कस्तो घटिया तरिकाबाट ? ति सबै सररिक मायाको लागि त जिन्दगि नै बाँकी थियो नि । एउटा माहोल बनाएर, हतारिदै कसैको उपभोग गर्न खोज्नु ? ओहो ! दुनियामा कसलाई कसरी बिस्वास गर्ने? अब त म कसैलाई विश्वास नै गर्न सक्दिन।‘

साञ्चै कस्तो घटिया मानिस रहेछ त। आई कान्ट इम्याजिन, प्रिया भन्छे । यस्तै कुरा गर्दा गर्दै श्रेयाको गाडी उसको घर अगाडी रोकिन्छ। हुप्प आएर अनुहारमा हानेको तातो हावाको स्पर्शले प्रियालाई महसुस हुन्छ कि मेलबर्नमा पनि गर्मि कम त रहेनछ। उनीहरु माथि कोठामा जान्छन। श्रेयाको अपार्टमेन्ट भित्र पनि हिटर चलाए झैँ न्यानो छ।

पुरै अस्ट्रेलिया नै बले झैँ भईरहेको छ यो बर्ष। क्ष्या कस्तो अचाक्ली भएको होला। अब त पानी परे पनि त हुन्थ्यो, उ यस्तै सोच्दै श्रेयाको घरको झ्यालबाट बाहिर हेर्छे। श्रेयाको बार्दलीमा पनि एक थुङ्गा रातो कोपिला गुलाफ अनि एउटा रातो उपहार टेबलमा लडिरहेको देख्छे।

;ह्यारीको कहानी भर्खर सुनाएकी थिस, फेरी त्यो फूल र उपहार चाहि ? उ प्रश्नले भरिएको आँखाले श्रेयालाई हेर्छे। ‘मलाई भ्यालेंनटाँइन डे को केहि महत्वो छैन तर यस दिन बिक्रि हुने त्यो एक फूल गुलाफ अनि त्यो रातो भलभेटले बेरेको उपहार मलाई असाध्यै मन पर्छ। त्यसैले म सधै यस दिन यी दुई चिज किनेर ल्याउछु।

नट नेसेसरी द्याट यु ह्याब टु गिभ इट टु सम वान, उ हास्छे। तर बुजिस, खासै भन्ने हो भने यी सबै पसलेहरुको पैसा कमाउने र मुर्ख प्रेमीहरुको पैसा उडाउने उपाए हो,’ उ हलल्ल हास्छे। ‘सब देखावटी। अस्ति मेरो अफिसको एउटा केटी आफ्नो बोइ फ्रेन्डसंग भ्यालेन्टाइन मनाउन बाली गाकी, फर्केर आउदा ब्रेक उप। यस्तो त हुन्छ यहाँ माया। तर पसलेहरुको लागि चाहि यो दसैँ नै हो, खुब कमाउछ छन आजको दिनमा ।

यति भन्दै श्रेया बाहिर बार्दलीमा राखेको उपहार र गुलाफको फूल बोक्दै प्रिया भए तिर आउछे। ‘मैले भनि हाले नि म
फेब्रअरी १४ को फ्यान हैन तर यी मोहक उपहार र फूल म नकिनी बस्नै सक्दिन। यो तेरो लागी, उ फूल र उपहार दुवै प्रियालाई
दिन्छे।

;मेरो लागि ? प्रिया हास्छे। किन मेरो लागि ?

ल, यो पनि ? के मैले तलाई दिन हुन्न र ?

१४ फेब्रअरी प्रेमी प्रेमिकाको लागि मात्रै कहाँ हो र ? यो त जीवनमा जो
आफ्नो लागि प्यारो छ उसलाई दिने।  मेरो लागि तँ प्यारी छस्, मेरी बहिनी । यहाँ मेरो माया त तैं होस्। अब मेरो भ्यालेन्टाइन
पनि तँ नै’ उ प्रियालाई निधारमा माया गरिदिन्छे र मुसुक्क मुस्काउछे।

श्रेयाको कुराले प्रियाको मन भित्रको मीठो भाब छाउछ। कस्तो मिठो कुरा गरिस अनि कति पबित्र सोचाई तेरो । दिदि
हुनु त तँ जस्तो । उ गुलाफको फूललाई सुँघ्दै भन्छे, आई लभ यु श्रेया । तँ मेरो जीवनमा नहुदी होस त मेरो जीवन कस्तो हुन्थ्यो
होला, म कल्पना पनि गर्न सक्दिन? मेरा जीवनका हरेक सफलतामा तेरो हात छ।

आज देखि तँ पनि मेरो भ्यालेन्टाइन,‘ उ फेरी
श्रेयाको अगाडी घुंडा टेकेर बस्दै त्यो हातको गुलाफ श्रेया तिर अगाडी बढाउदै जिस्किन्छे,

; विल यु बि माई भ्यालेन्टाइन ?

दुवै दिदी बहिनी मरीमरी हास्छन। ‘तँ त साच्चै रोमान्टिक छेस,श्रेया खित्खिताउदै हास्छे।