ओमानसँग नेपालको लगातार दोस्रो हार

काठमाडौँ, अकिब इलियासको शतकमा ओमानले नेपाललाई ८ विकेटले पराजित गरी क्रिकेट विश्वकप लिग २ मा लगातार तेस्रो विजय हात पारेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार टस हारेर ब्याटिङममा आएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाइ २४९ रन बनायो। ओमानले १६ बल बाँकी हुँदा उक्त लक्ष्य भेट्टायो।

इलियाजले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेका हुन्। उनलेअविजित१०८ रन बनाएका हुन्। त्यस्तै कप्तान जिसन मक्सुद ६८ रन बनाइ अविजत रहे। दुवैको एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो उच्च स्कोरहो।

इलियाजले १०६ बल खेली १२ चौका र १ छक्का प्रहार गरे । मक्सुदले ७८ बल खेली ८ चौका प्रहार गरे।

ओपनर जतिन्दर सिंह २३ रन बनाइ कुशल मल्लको बलमा बोल्ड भए भने खावर अलीलाई सुसन भारीले ४१ रनमा बोल्ड गरे।

यसजित सँगै ओमान लिग २ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। ओमानले ९ खेलमा ७ विजय हात पार्दै १४ अंक जोडेको हो।

अमेरिका १० खेलमा ६ विजय हात पार्दै १२ अंकको साथ दोस्रो स्थानमा छ। नेपालले ३ मध्येको दोस्रो हार व्यहोरेको हो। दुवै हार ओमानसँग रहेको छ।

शनिबार नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो भने त्रिकोणात्मक शृंखलामा नेपाल बुध‍बार १८ रनले पराजित भएको थियो। आउँदो बुधबार नै नेपालले अमेरिकासँग दोस्रो खेल खेल्नेछ।

यसअघि टस हारेपछि ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाइ २ सय ४९ रन बनाएको थियो।

कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएपछि नेपालले त्रिवि क्रिकेट मैदानमा चुनौतीपूर्ण स्कोर बनाएका थियो। ज्ञानेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रोपटक अर्धशतक बनाएका हुन्। ७६ बलमा ५६ रन बनाउने क्रममा ज्ञानेन्द्रले ६ चौका र १ छक्का प्रहार गरे।

उनले ओपनर सुवास खकुरेलसँग पहिलो विकेटमा १४ ओभरमा ४८ रन जोडेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। सुवास २२ रन बनाइ एलबीडब्लु आउट भए। ४२ बल खेलेका उनले १ चौका प्रहार गरे। ज्ञानेन्द्रले पूर्व कप्तान पारस खड्कासँग दोस्रो विकेटमा ५९ रन जोडे। पारसले ३४ बल खेली ६ चौका र १ छक्का प्रहार गरी ३८ रन बनाए। दीपेन्द्रसिंह ऐरी लगातार दोस्रो खेलमा शुन्यमा आउट भए।

कुशल मल्ल र आरिफ शेखले समान २८ रन बनाए। अघिल्लो दिन डेब्यु गर्दै सबभन्दा कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने खेलाडी बनेका कुशलले लगातार दुई छक्का प्रहार गरेका थिए र उनले २४ बलको इनिङ्समा २ चौका प्रहार गरे। आरिफले ४५ बल खेली १ चौका प्रहार गरे।

करण केसी १० रनमा आउट भए। विनोद भण्डारी ४७ बलमा ५ चौका प्रहार गरी ३५ रनमा रनआउट भए। सन्दीप लामिछाने १० र कमलसिंह ऐरी ९ रन बनाइ अविजित रहे।