महेन्द्र बहुमुखी क्याम्पसमा क्रान्तिकारीले बुझायो ज्ञापनपत्र

यस्तो छ दुई बुदे माग सहितको ज्ञापनपत्र

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) बाँकेले महेन्द्र बहुमुखी क्याम्पसमा ज्ञापनपत्र बुझाएको छ । आइतवार संगठनले क्याम्पस प्रमुख गणेश कुमार रेग्मी समक्ष दुई बुदे माग सहितको ज्ञापनपत्र बुझाएको हो । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गतेका लागी घोषणा गरेको स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू)को निर्वाचनमा सहभागी हुने वातावरण बनाउन मागपत्र बुझाएको संगठनका बाँके जिल्ला अध्यक्ष डि.बि.शाहीले बताए ।

आफ्नो संगठनमाथी सरकारले अघोषितरुपमा प्रतिबन्ध लगायर गरिने स्ववियू चुनावको कुनै औचित्य नहुने उनले बताए । साथै संगठनमाथी लगाइएको अघोषित प्रतिबन्ध हटाउन त्रिविले निर्णायक पहल गरी स्ववियू निर्वाचनमा निर्वाध ढंगले भागलिने वतावरण बनाउनु पर्ने, गिरफ्तार गरिएका संगठनका नेता-कार्यकर्तामाथि लगाइएका झुट्टा मुद्धा खारेज गरी रिहाई गर्नुपर्ने लगायतमा माग राखेर ज्ञापनपत्र बुझाएको छ ।

साथै, संगठनले अगाडी सारेका मागहरुको बिषयमा आवस्यक सुनुवाइ नगरी त्रिभुवन विश्वविद्यालयले जबरजस्ती चुनाव गराउन खोजे चुनाव खारेज गर्नेकुरा ज्ञापनपत्रमा उल्लेख छ । संगठनको केन्द्रीय निती अनुसार ज्ञापनपत्र बुझाइएको र जिल्लामा स्ववियू हुने अन्य क्यामपसहरुमा पनि ज्ञापनपत्र बुझाइने अध्यक्ष शाहीले जानकारी दिए ।

यस्तो छ ज्ञापनपत्र