माघे संक्रान्तिमा प्रदेश ५ मा २ दिन विदा

बुटवल,प्रदेश नं ५ सरकारले माघे संक्रान्तिका दिन दुई दिन सार्वजनिक विदा दिएको छ । आज एक बिज्ञप्ती जारी गर्दै प्रदेशले एक र दुई गते प्रदेशभर सार्वजाीक बिदा दिने भएको हो । आन्तरीक मामला तथा कानुन मन्त्रालयले एक बिज्ञप्ती जारी गरी सार्बजानीक बिदा दिएको बताएको हो । 

माघेसंक्रान्ति नेपालमा धेरै समुदायले आआफ्नो साँस्कृतिक प्रचलनअनुसार मनाउने गरेका छन् । माघेसंक्रान्तिका अबसरमा प्रदेश नं १ ले पनि सार्वजानीक बिदा दिएको छ ।