अब यसरी हुने भयो बिद्यालयको अनुगमन

कालिकोट, कर्णालीको बिकट पहाडी जिल्ला कालिकोटमा अब विद्यालयको अनुगमन मोबाइलबाटै गरिने भएको छ ।जिल्लाको पचालझरना गाउँपालिकाले पहिलो पटक मोबाइलबाटै बिद्यालयको अनुगमन गर्ने सफ्टवेयर सन्चालनमा ल्याएको हो ।

गाउँपालिकाले जिल्लामै पहिलो पटक ‘स्कुल डायरी’ नामक सफ्टवेयर जडान गरेर बिद्यालयको अनुगमन सुरु गरिएको हो ।

रिभुलेनस टेक्नोलोजीले उत्पादन गरेको ‘स्कुल डायरी’ नामको उक्त प्रबिधिले गाउँपालिका कार्यालयबाटै त्यस क्षेत्रका सम्पूर्ण बिद्यालयहरुको अनुगमन गर्न सकिने गाउँपालिका अध्यक्ष खडकराज सेजुवालले बताए ।
उनले उक्त प्रबिधिले बिद्यालयको अनुगमन सहज हुनुका साथै यसले शैक्षिक गुणस्तर सुधार गर्न महत्त्वपुर्ण योगदान गर्ने विश्वास ब्यक्त गरे ।

पहिलो चरणमा गाँउपालिकामा अवस्थित दुईवटा विद्यालयमा जडान गरिएको उक्त प्रबिधि क्रमश सबै बिद्यालयमा जडान गर्दै लैजाने अध्यक्ष सेजुवालले वताए । बिद्यालय पुगेर हाजिर गरि भाग्ने शिक्षकलाई नियन्त्रण गर्न सफ्टवेयर उपयोगी हुने उनको विश्वास छ ।

यस खालको प्रबिधिको माध्यबाट अभिभावकले आफ्नो वच्चा बिद्यालयमा पुगे नपुगेको, गृहकार्य गरे नगरेको, शिक्षकहरु बिद्यालयमा नियमित गए नगएको जानकारी लिन सकिने छ ।

साथै सफ्टवेयरबाट बिद्यार्थीको स्वास्थ अवस्था, भाषागत शुद्धता, अनुशासन, सिकाई क्षेमता, अतिरिक्त क्रियाकलापमा रुचि तथा सहभागीता, परिक्षाको प्राप्ताङ् सहितको बिवरण थाहाँ पाउन सकिने छ ।