राष्ट्रिय संगीतकर्मीसंघ बाँकेको बिशेष साधारणसभा सम्पन्न, अध्यक्षमा शर्मा

कोहलपुर, शनिबार राष्ट्रिय संगीतकर्मी संघ बाँकेको विशेष साधारणसभाबाट अध्यक्षमा ओम शर्मा निर्वाचित भएका छन् ।होटेल सत्कार कोहलपुरमा भएको संघको विशेष साधारण सभाबाट अध्यक्षमा शर्मा चयन भएका हुन ।

सभाबाट प्रथम उपाध्यक्षमा नवराज शर्मा, द्धितिय उपाध्यक्षमा प्रमोद डि.जी, महिला उपाध्यक्षमा हुमी पुन, सचिवमा कल्पना कार्की, सह सचिवमा इन्द्र वली, कोषाध्यक्षमा गीता नेपाली, सह-कोषाध्यक्षमा जेनिश बुढा, निर्वाचित भएका छन । त्यस्तै सदस्यहरुमा खुमा डागी, सृजना देवकोटा, राजेन्द्र शाही, अमन वली, सविन रसाईली, सरला शाही, संन्दिप परियार, र गोरख योगी चयन भएका छन ।

संघको सल्लाहकारहरुमा ललित पहाडी , देविकी निरौला, शंकर शाही, ठग्गा थारु, मातृका सापकोटा र प्रेस सल्लाहकारमा कविन्द्र परियार चयन भएका छन ।

कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ प्रदेश नं ५ का संयोजक थानेश्वर अधिकारी, राष्ट्रिय संगीतकर्मीसंघ कपिलवस्तुका अध्यक्ष पुर्ण चन्द्र परियार, राष्ट्रिय संगीतकर्मी संघ बर्दिया जिल्ला सचिव गगन दर्नाल लगायतको सहभागीता रहेको थियो ।