के तपाईलाइ थाहाँ छ ? सम्भोग नगर्ने महिला चाँडै बुढी हुन्छन्

यसो भन्छ अध्ययन

ऐजेन्सी, सम्भोग नगर्ने महिला चाँडै बुढी हुन्छन् भन्ने सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । तर, अध्ययनले निकालेको निश्कर्ष हो यो । अध्ययन अनुसार, कुनैपनि महिलाजति समयसम्म सम्भोग गर्छन् त्यति नै उनीहरु जवान देखिन्छन् ।जापा इन्टरनल मेडिसिन जर्नलमा प्रकाशित सर्वेक्षण प्रतिवेदन अनुसार, बढ्दो उमेरमा जुन महिला सम्भोगमा एक्टिभ हुन्छन् उनीहरु वर्षौसम्म सम्भोग गर्नसक्छन् । उनिहरु निरोगी पनि हुन्छन् र बुढ्यौलीले पनि चाँडो भेट्दैन ।

सर्वेमा जुन महिलाले सम्भोग क्रियाकलाप बन्द गर्छन् उनीहरु कुनै न कुनै यौन सम्बन्धि रोगको शिकार हुने गरेको देखाएको छ । युनिभर्सिटी अफ पिट्सबर्ग मेडिकल सेन्टरका वैज्ञानिकले गरेको अध्ययनमा ४० देखि ६५ उमेर समूहका ६०२ जना महिलालाई सहभागी गराइएको थियो ।

उनीहरुसँग सेक्स्युअल एक्टिभनेस र यौन जीवनका बारेमा प्रश्न गरिएको थियो । जस्तो कि चर्चित भनाइ नै छ कि ढल्कदो उमेरसँगै महिलाहरु यौन क्रियाकलाप बन्द गर्दछन् ।

अध्ययनका अनुसार जुन महिलाले पूर्ण रुपमा यौन गतिविधि परित्याग गरेका थिए, उनीहरु चाँडै बुढी देखिएका थिए । अध्ययनले महिलाहरु जवान देखिनका लागि मध्यम उमेरमा पनि सम्भोग आवश्यक छ ।