पचालझरना गाउँपलिकालाई रेडक्रसद्धारा स्वास्थ्य उपकरण हस्तान्त्ररण

अध्यक्षले टक्राए धन्यबाद !

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिका गाउँपालिकालाई १६ औं महिला स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा रेडक्रसले आबश्यक स्वास्थ्य औजार तथा उपकरणहरु उपलब्ध गएको छ । गाउँपालिकाका प्राथामीक स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुका लागि आवश्यक स्वास्थ्य औजार र उपकरणहरु हस्तान्तरण गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी सिइएचपी नेपालगन्जको सहयोग र नेपाल रेडक्रस सोसाइटी कालिकोटको समन्यवमा स्वास्थ्य तथा खानेपानी ,सरसफाईका लागि करिब ५ लाख बराबरको सामान हस्तान्त्ररण गरेको  रेडक्रस साेसाइटी पचालझरनाका संयाेजक बिर्ख बिश्वकर्माले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्य प्रवद्र्धनका लागि सामुदायिक सशक्तीकरणले उक्त सामाग्री हस्तान्त्ररण गरेको बिश्वकर्माले बताए ।

बिश्वकर्माका अनुसार पचालझरनामा भएका प्राथामीक स्वास्थ्य केन्द्रहरुमा स्वास्थ्य सेवाको गुणस्तर बढाउन उक्त उपकरण हस्तान्त्ररण गरिएको हो । 

बदालकोट स्वास्थ्य चौकी, राम्नाकोट स्वास्थ्य चौकी, नानीकोट स्वास्थ्य चौकी र ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरु सामाग्रीहरुको उचित व्यवस्थापन र अधिकतम उपयोगले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि हुन टेवा पुग्ने बताइएको छ ।

सामाग्री हस्तान्तरण नेरेसो कालिकोट जिल्ला शाखाबाट संचालित स्वास्थ्य तथा खानेपानी, सरसफाई र स्वच्छताका लागि सामुदायिक सहकार्य परियोजनाका कार्यक्रम अधिकृत शैलेश श्रेष्ठले गरेका थिए भने गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले उक्त सामाग्री बुझेका थिए ।

सामाग्री बुझदै अध्यक्ष सेजुवालले सामान उपलव्ध गराएकोमा धन्यवाद व्यक्तको साथै सम्वन्धित स्वास्थ्य चौकी तथा आधारभुत स्वास्थ्य सेवा केन्द्रहरुले अधिकतम उपयोग गरी स्वास्थ्य प्रवद्र्धनमा प्रभावकारी भुमिका खेल्ने विश्वास ब्यक्त गरेका थिए ।

१६ औं महिला स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा जारकाेटमा र्यालीकाे समेत आयोजना गरिएको थियो ।