द्रुतमार्गमा सुरुङ र ठूला पुलबाहेक सबै काम सेनाले गर्ने

बहुचर्चित राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–निजगढ द्रुतमार्ग ९फास्ट ट्र्याक०को डीपीआर स्वीकृत भएयता अलमलमा रहेको सेनलो अब नयाँ अवधारणअनुसार गति अघि बढाउने भएको छ ।

सेनाको नयाँ अवधारणअनुसार सेना आफैंले तीन सुरुङ र केही ठूला पुलबाहेक सडक कालोपत्रे, नाला, कल्भर्ट, पर्खाल र अन्य पुलहरु आफैँ निर्माण गर्ने भएको हो ।

विवादमा तानिएको योजना प्रमुखको कामबाट आयोजना ढिलो हुँदै गएपछि प्रधानसेनापतिले आयोजनामा व्यापक सुधार गर्दै नयाँ अवधारणमा सेना आफैँले काम गर्नेछ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाश लम्सालले लेखेका छन् ।