मुकुन्द खरेल,इन्द्रप्रसादबाट यसरी बने आइपी खरेल-भन्छन् कम्युनिष्ट हुनुमा गर्ब छ

विक्रम सम्वत् २०१८ सालमा काभ्रेमा जन्मिएका आइपी खरेलको नाम थियो मुकुन्द खरेल आमा बुवा घरपरिबारले मुकुन्द भनेर बोलाउथे उनि घर परिबार र छिमेकका नजरमा मुकुन्दे थिए । काल, समय,परिबेश उस्तै रहेन । बदलिएको परिबेशअनुसार उनको जिवनको लिला बदलियो जिवनको भोगाई बदलिएसंगै उनको नाम र पहिचान समेत बदलियो ।

नाम बदलिनुको एउटै कारण थियो राजनितिक प्रभाव ,मुलुकमा पञ्चेहरुले समाजलाई गर्नु सम्मा अन्याय गरेका थिए । त्यहि अन्यायको छाप मुकुन्दे नामको ठिटामा परेको थियो । मुकुन्दे त्यो अन्यायको बिरुद्ध जेहाद छेडने अभियानमा थियो । उसको लागि कम्युनिष्टहरु पहिलो बिकल्प बनेर आए । उनि बिस्तारै इन्द्रप्रसाद खरेलबाट आइपी खरेलमा बदलिए । त्याे समयकाे परिबर्तन थियाे । 

स्कुलका शिक्षक र साथीहरुको प्रभावमा सानै उमेरमा राजनीतिमा होमिए । ३ कक्षामा पढ्ने बेला २०३३ सालमा चौथो महाधिवेशनबाट पार्टीको सदस्यता लिएका उनि निरन्तर राजनितिको नदीमा बगीरहेका छन ।

बिभिन्न आरोह अवरोहरु पार गर्दै आएका खरेल निष्ठा र स्वाभिमानको गरिमालाई जोगाएर राजनीतिलाई अगाडी बढाउन सफल भएको दावी गर्छन । आफुलाइृ कम्यिुनिष्ठ भएकोमा गर्ब गर्ने खरेल कम्युनिष्टहरुको कार्यशैली प्रति भने सन्तुष्ट छैनन् । नेताहरुका वरीपरी गलत मान्छेहरुले ठाउँ लिएको भन्दै छद्यमभेषीहरुले स्थान पाएको बताउछन ।

उनि सर्वहारा वर्गको हितमा निरन्तर लागेका कारण ब्यक्तिगत स्वार्थतिर ध्यान नदिएको बताउछन । उनलाई नजिकबाट चिन्नेहरु भन्छन उनि एक कर्मठ यौद्धा खरो, दह्रो र टर्हो स्वभावका बिद्रोही नेता हुन ।

पछिल्लो समय उनि बाँकेबाट प्रदेश सभा सदस्य हुन नेकपा बाँकेका अध्यक्ष समेत रहेका खरेल दुई तिहाईको सरकारको काम प्रति त्यति सन्तुष्ट छैनन् । भन्छन शक्तिको सदुपयोग गरेर जान सकेन । दुरुपयोग भैरहेछ यसले चिन्ता थपिरहेको छ ।

बाँके र बर्दियालाई कर्णालीमा गाभ्नुपर्छ

नेकपा बाँकेका अध्यक्ष समेत रहेका खरेल बाँके र बर्दियालाई बुटवल राजधानी पायक नपर्ने बताउछन । सबै हिसाबले बाँके र बर्दियाबासी जनता कर्णाली प्रदेशसंग सुहाउने हुदा यसलाई अन्तत कर्णाली प्रदेशमा गाभ्नु पर्ने उनको धारण छ ।

नेताहरुको चित्र हैन चरित्र बदलिनु आबश्यक छ

पछिल्लो समय खरेलको ब्झाईमा कम्युनिष्ट नेताहरुमा कार्यशैली बिग्रदो अबस्थामा रहेको छ । नेताहरु कम्युनिष्ट सिद्धान्त कम कमाउनिष्ट सिद्धान्तमा तल्लिन भएकोे उनको बुझाई छ । उनि भन्छन नेताहरुको चित्र भन्दा चरित्र बदलिनु जरुरी छ । दलाल नाेकरसाहहरूकाे हातमा सत्ता पुगेकाे छ । हाम्रा कार्यशैलीमा भएकाे त्रुटीले नाेकरशाहहरू माैलाएका छन । 

कम्युनिष्टहरुको कारण आमुल परिर्बतन

कम्युनिष्टहरुका कारण नेपालमा आमुल परिर्बतन भएको ठहर छ खरेलको दशबर्षे जनयुद्धका कारण नेपाल परिबर्तनको यो चरणमा पुगेको ठम्याई छ । उनि भन्छन समय साछी छ । कुनैबेला लुकेर हिडनुपर्ने हामी कम्युनिष्ट दुई तिहाईको सरकार र सत्ताको बागडोर सम्हाली रहेका छौँ । मुलुकमा संबिधान जारी भएर संघिय गणतन्त्रको यो चरणमा छ ।

जनता समृद्धीको बाटोमा बढिरहेका छन । लोक संस्कारको बिकास भएको छ । उनि थप्छन देख्नलाई पनि त परिर्बतन काफी छ । तर यतिले पुग्दैन सामाजबादको यात्रा अझै घनिभुत बनाउनु पर्छ ।

हेर्नुस भिडियाे