जब प्रचण्डले हिन्दीमा उखान हालेर नेकपामा आउन राणालाई दिए निम्तो(भिडियाे सहित)

नेपालगन्ज,बाँके, नेकपाका अध्यक्ष प्रचण्डले नेपालगन्ज पुगेर नेपालगन्ज एकताको प्रतिक शहर भएको बताएका छन । बिभिन्न जात धर्मालम्बीहरुको बसोबास रहेको शहर नेपालगन्ज एकताको शहर भएको बताए ।

नेकपा बाँकेद्धारा आयोजित चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री समेत रहेका  अध्यक्ष प्रचन्डले नेपालगन्ज सबै हिसाबले यो फरक बिरासत बोकेको शहर भएको समेत बताए ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपालगन्जका मेयरुंग इंगित गर्दै हिन्दीमा उखान समेत हालेका थिए । उनले उखान मार्फत मेयरलाई स्वागतको संकेत गरेका थिए ।

अध्यक्ष प्रचण्डले नेपालगञ्जका मेयर राणालाई आफ्नो पार्टीमा आउन सार्वजनिक रुपमा निम्तो समेत दिए। शुभका भुला अगर साम वापस आजाय तो उसको भुल नहि कहिते है । बिहान बिर्सेर गयो भने साँझ फर्केर आउनु पर्छ ।

उनले यसोभन्दा सहभागीहरुले ताली बजाए । यसले राणालाई स्वागत गर्न नेकपा कार्यकर्ता तयार रहेको भन्ने प्रष्ट भएको अध्यक्ष प्रचण्डले बताए ।

हेर्नुस भिडियाे सहित