” म क्रान्तिकारी “

कविता

म क्रान्तिकारी
मेरो सपना
असमानता र विभेद हटाउने
देश बदल्ने
दुनियाँमा बदल्ने
तर उनी भन्थिन
देश र दुनियाँ बदलिदैन प्रिय ,
आफ्नै जीवन सुखी र खुशी बनाउ
तर म भन्थे र भन्छु…
तिमी श्रृङ्गार बाटो त्याग
संघर्षको बाटोमा आउ
अनि देश पनि
दुनियाँ पनि
बदलिन्छ प्रिय !

म क्रान्तिकारी
एउटा नयाँ बस्ती बसाउन
बेपरवाह अगाडी बढिरहे छु
त्यस्तो बस्ती ….
जहाँ कुनै धर्मको झन्डा नहोस
कुनै जातपातको विभेद नहोस
मानवता विरोधी
कुनै बार पर्खाल नहुन
जहाँ सदवै
न्याय,समानता र स्वतन्त्रताका
झन्डाहरु फहराई रहुन !

म क्रान्तिकारी
तोडने छु सबै प्रश्न घेराहरु
निर्भीक र अविचलित
क्रान्तिको यात्रा अगाडी बढीरहने छु
उचाली रहने छु
क्रान्तिको झण्डा
एक थोपा रगत
र अन्तिम सास रहुन्जेल सम्म ,
त्यसैले त प्रिय
म भन्छु
देश र दुनियाँ बदलिन्छ
हुन सक्छ बदलिएको
देश र दुनियाँमा
म नहुन सक्छु ,
सुखी र खुशी भई बस्नु तिमी
हामिले बदली दिएको देश र दुनियाँमा
मेरो खुशी र सुख त्यही हुनेछ प्रिय !

०७६-०७-०४ , सेतिमहाकाली ,