यसो भनौँ सपनाहरुको सिंढी निरन्तर उक्लिरहेका छौँ -अध्यक्ष रोकाया सर्केगाड गाउँपालिका हुम्ला

भाैगोलिक बिकटताको पिडा संगालेर भएपनि समृद्ध र नमुना पालिका बनाउछौँ

कुनैबेला माओबादी लडाकुलाई राजनितिक कमिसारको भुमिका निर्वाहा गरेका कृष्ण रोकाया ‘करुण’ यतिबेला सर्केगाड गाउँपालिका हुम्लाका अध्यक्ष छन । २०५४ सालबाट राजनिति सुरु गरेका रोकायाका राजनितिक जिवनका कहानी पनि कर्णाली जस्तै लामा र गहिरा छन ।

२०३० सालमा सर्केगाड गाउँपालिका वार्ड नं. ८ राद्यौमा पिता गोर्वधन रोकाया माता रामसरा रोकायाबाट जन्म लिएका रोकाया सुरुमा नै कम्युनिष्ट राजनितिबाट प्रभावित देखिन्छन ।  सबै कुराको फैसला कम्यिुनिष्ट राजनितिमा देखेका रोकाया माओबादी जनयुद्धको दवादबा रहेको कर्णाली क्षेत्र त्यसमा पनि हुम्लाबाट माओबादी आन्दोलनमा २०५४ सालमा पुर्णकालीन हुन्छन ।

राजनितिका बिभिन्न आरोह अबरोह छिचोलेका रोकाया २०५८ सालमा एरिया कमिटि सदस्य २०५९ सालमा पार्टी जिल्ला कमिटि सदस्य हुदै २०६२ साल जनमुक्ति सेनाको कम्पनि कमिस्नारको भुमिकामा रहन्छन । युद्धमा ज्यानको बाजी फाल्ने यौद्धाहरुलाई बैचारीक खुराक बनेका रोकाया बिभिन्न मोर्चाहरुमा पात पात बच्छन ।

उनलाई यस्तो लाग्दैन थियो बाँचेर यो परिबेशमा पुगौँला । मुक्ति या मृत्यु भनेर हिडेका रोकाया पाल्पा तानसेन,स्याङजा मनाकामना,सुनवल रामपुर,तौलिहवा लगायतका बिभिन्न लडाईमा प्रत्यक्ष सहभागि बनेका छन । उनिसंग युद्धका रणसंग्रामाका तेजाब लाग्ने अनुभुति मात्रै छैनन  गम खाने कथा छन ।

जनप्रतिनिधि हुदाका चाखलाग्दा अनुभुति पनि छन । भन्छन यतिबेला अनुभुतिको दराज भरिएको छ । लडाईका मोर्चादेखि सत्ता र जनताका प्रतिनिधि हुदाका गजबका कहानी छन ।

२०६३ सालमा प्रमारिकरण हुदा कम्पनि कमाण्डर २०६६ सालमा सयुँक्त राष्ट्रसंघको सेना समायोजन विशेष कमिटिमा कार्यरत रोकाया २०६८ सालमा स्वच्छिक अवकासमा बाहिरीएका थिए । राजनितिका उतारचढाबहरमा निरन्तर बगेका रोकाया २०७४ सालको स्थानिय निर्वाचनमा सर्केगाड गाउँपालिका हुम्लाको अध्यक्ष पदमा निर्वाचित भए ।

उनि निर्बाचित भएसंगै निरन्तर जनताकोे बिचमा छन । धेरै जनप्रतिनिधिलाई सत्ताको उन्मादले देश बिदेश सयर गर्ने बनाई रहेका बेला रोकाया निरन्तर जनताको बिचमा बसेर जनताको दुखसुखमा रमाईरहेका छन । उनै सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्णा रोकाया करणसंग कुसेन्युजका प्रतिनिधिले गरेको कुराकानी ।

कुसेन्युज डटकममा यहाँलाई स्वागत छ ?

धन्यबाद !

१. पछिल्लो चरणमा तपाईको गाउँपालिकाले विकासका कामलाई कसरी अगाडि बढाएको छ ?

मेरो पालिकामा विकासका कामलाई ठेक्का पट्टा र उपभोक्ता मार्फत काम संचालन गरिएको छ । दश लाखभन्दा तल उपभोक्ता र १० लाख माथिको ठेक्का मार्फत योजनाको काम गरिएको छ ।

यसो भनौँ सपनाहरुको सिंढी निरन्तर उक्लिरहेका छौँ । भैगोलिक बिकटताको पिडा संगालेर भएपनि समृद्ध र नमुना पालिका बनाउछौँ यो हाम्रो पूतिबद्धता हो ।

२. यि बितेका दुई वर्षको अवधिमा जनताले प्रत्याभुति हुने अर्थात जनमासमा देखिने गरी के के काम गर्नुभयो ?

यी वितेका दूई वर्षमा केहि ऐन कानुन तयार पारियो । ६५÷६५ किलो वाटको २ वडामा बत्ति बालियो र काम सम्पन्न गरियो । १८ महिने पशुविज्ञान कक्षा संचालन गरियो ।

स्थानिय सडकको सुरुवात र जन्ताले पाउने सेवा सुविधा र सामाजिक सुरक्षा भत्ता विषयमा वर्ष भरि एकचोटी वाड्ने सचिवले आफ्नो प्रयोजनमा लगानी गर्ने, हिनामिना गर्ने, मृत्यू दर्ता नगराई त्यसको सेवा सुविधा आफु खाने सस्कारलाई अन्त्य गरि कडाईका साथ नियमित र पारदर्शिता गरियो ।

३. हुम्ला दुर्गम अर्थात पिछडिएको जिल्ला मानब सुचांकको हिसाबले पनि निक्कै पछि परेको जिल्ला काम गर्दा कतिका जटिलता छन ?

हुम्लामा सर्वप्रथम दुई कुरामा विकटता छ । भौगलिक विकटता र मानसिक विकटता जसले वाहिरवाट आउने कर्मचारीहरुलाई हुम्ला भनेपछि तर्सन्छन् र स्वतस्र्फूत रुपमा वाहिरका कर्मचारी आउन मान्दैन् । काम गर्ने सवालमा थुप्रै समस्याहरु त छन नै यो विकटतालाई सहजीकरणको माध्यम वनाउन राज्यले गर्नुपथ्यो जति हुनुपथ्र्यो त्यति हुन सकेको छैन ।

हिजो हुम्ला ७५ औं स्थानमा थियो भने अहिले ७७ औं स्थानमा दर्ता भएको छ । राज्यको नजरमा संधै दुर्गमकै कोटामा अब्यस्थीत छ । हुम्ला आफैमा विकट भएको हैन् । केन्द्रिय सत्तामा हुम्लाको पहँुच नपुगेर हो । हुम्लालाई शिक्षा स्वास्थ्य विकास निर्माणका दृष्टिले पहिलो स्थानमा राख्ने हो भने यहाँको प्राकृतिक सम्पदाले भरिएको हुम्लाले सिंगो नेपालको मुहार फेर्न सक्छ ।

४. जनप्रतिनिधि भैसकेपछि काम गर्दै जाँदा सामाजिक चुनौतिहरु के के पाउनुभयो ?

यो पद भनेको चुनौतिको उपहार मिल्ने पद हो । जनस्तरमा नियम कानुन बुझाउन र लागु गर्न समस्या छ । शिक्षा स्वास्थ्यका कमि उपभोक्तावादी चेतना लौङ्गिक हिंसा जस्ता समस्याहरु छन् । सबैभन्दा ठुलो कुरा चेतनामा समास्या छ । एकपटक चेतनाको लडाई राम्रोसंग लडनुपर्ने देखिन्छ ।

५. उपभोक्ता समितिका काम प्रभावकारी भएनन् भन्ने गुनासो छ नि नियमन नपुगेको हो या लापरबाहि हो ?

उपभोक्ताका काम सवै ठाउँमा लापरवाही नियमन नभएको हैन् । तर केहि उपभोक्ताहरुले हिजोको संस्कार वोकेर आएका छन् । काम नगरि पैसा खाने यसलाई कन्टेल वनाउनका लागि हामीले गाउँपालिकामा उपभोक्ता कार्यविधि वनाएको छौँ । सोहि कार्यबिधि अनुसार नै नियमन र कामकाज भैरहेको छ ।

६. अबका योजना के के छन ? कसरी अगाडि बढ्नुपर्छ जस्तो लाग्छ ?

अवका योजना सडक,शिक्षा,स्यास्थ्य,कृषि उत्पादन,विजुली वत्ति,सिचाई र खानेपानी रहेका छन् । यी योजनालाई पूर्णता दिन शिक्षाको आवश्यक पर्छ । शिक्षा विना समाजको चेतना परिवर्तन हुदैन र समाजको चेतना परिवर्तन नहुनु भनेको विकास निर्माणमा बाधा हुनु हो । त्यसैले शिक्षालाई नै जोड दिएको छ । पहिलो प्राथामिकता गाउँपालिकालाई कुरामा साक्षर हैन ब्यवहारमा साक्षर बनाउनु छ ।

७. डोजर रोग तपाइको गाउँपालिकामा कति छ ? जनप्रतिनिधि नै डोजर खरिदबिक्रीमा लागेको भन्ने सुनिन्छ ?

यो डोजर रोग कुनै स्थानिय तहले प्रयोग गरेका होलान तर सवै स्थानिय तहलाई दोष दिनु उपयुक्त ठान्दैन् । अहिले हरेक निकायवाट स्थानिय तहका केहि कमजोरीलाई हाईलाईट गर्ने र पर्छाने काम भएको छ । अनियमित कुन कुन स्थानिय तहमा भएको हो ।

त्यसको निगरानी राज्यले गर्ने र विकास निर्माणमा डोजर नै प्रयोग गर्नु हुन्न भन्ने मासिकता हुनु हुदैन् र डोजरको सहि काममा प्रयोजन हुनु पर्छ । हालसम्मा मेरो पालिकामा यो रोग लागेको छैन् र लाग्नखपनि दिन्न् । निरपेक्षरुपमा डोजर प्रयोग नगर्ने भन्दा पनि सापेक्ष रुपमा यसलाई नियमन गरेर लिन आबश्यक देखिन्छ ।

८. बेरोजगार युवाहरूलाई रोजगारीबारे केहि सोच्नुभएको छ कि ?

यसोत केहि गर्दै नगरेको भने हैन । बिकासका कामहरुले यहाँका स्थानिय यवाहरुलाई नै सजिलो बनाएको छ । उपभोक्ताका कामहरुले पनि सहजीकरणको भुमिका खेलेको छ । वेरोजगार युवाको वारेमा उल्लेखनिय काम गर्न नसकेपनि आय आर्जन मुलक काममा जोडदिने प्रयत्न गरेका छौ । र हामी गुरु योजना बनाएर लाग्ने तयारीमा छौँ ।

९.घोषणापत्र अनुसार तपाईँको गाउँपालिकामा के के काम भए ?

केहि भैसकेका छन केहि हुने तयारीमा छन । सबै एकैचोटी “छु मन्तर”भनेको जस्तै हुने कुरा पनि हैन । घोषण पत्रमा उल्लेख गरेका काम शिक्षा, स्वास्थ्य, सिचाई, सड्क , खानेपानी, कृषि कामहरु उल्लेख गरिएको थियो । यसलाई नै प्राथामिकतामा राखिएको छ । र हामी निरन्तर लागिपरेका छौँ । 

१०.जनतालाई धेरै कर लगाइयो भन्ने गुनासो छ नि ?

अहिलेको स्थानिय तह भनेको स्थानिय स्तरको नीति नियम बनाउने हो । राज्यवाट जन्ताले सेवा सुविधा पाएका छन् र राज्यलाई पनि कर तिर्नु पर्छ भन्ने चेतना जगाउने र यो शिलशिलामा जनस्तरमा स्थानिय सरकारलाई कर तिरनुपर्छ भन्ने कुरा प्रष्ट नपार्दा थुप्रै कर लगाएको महशुस गरेका छन् । नियममा तिर्नुपर्ने कर जन्ताले अनिवार्य तिर्नु पर्छ र त्यो वाहेक अरु किसिमका कर जन्तामा लगाईएको छैन् ।

११ .बाँकी कार्यकालमा के कस्ता काम गर्ने योजनामा हुनुहुन्छ ?

अवको बाँकी कार्यकाल पालिका भरिनै पुग्ने २०० किलो वाटको बत्ति संचालन गर्ने प्रक्रियामा छौ । पशु विज्ञानलाई डिप्लोमा संचालन गर्ने आय आर्जन उत्पादन मुलक कृषि प्रार्णलीलाई आधुनिकिकरण गर्ने । र समृद्ध पालिका बनाउने योजनमा निरन्तर लागि परेका छौँ ।

१२ . तपाई त पुर्ब लडाकु अर्थात जनमुक्ति सेना युद्ध लडनु सजिलो रहेछ कि सत्ता चलाउन ?

यी दुई आफैमा फरक कुरा हुन । फरक परिबेशमा फरक अनुभुति हुने कुरा स्वभाविक छ । लडाई भनिसकेपछि जीत र हारको कुरो हुन्छ र सत्ता संचालन भनेको विकास ,निकास ,शिक्षा, स्यास्थ्य,संस्कार, सस्कृति,नियम ,कानुन , विकास निर्माण र सवै जोडिएको हुन्छ । त्यसैले पनि यो सत्ता संचालन आफैमा जटिलता छ नै ।

१३. तपाईलाई जनयुद्धका सपनाहरु पुरा भएको जस्तो लाग्छ ? जनताले प्रश्न गर्दैनन सपनाहरुका बारेमा ?

म अहिले पनि निरन्तर जनताको बिचमा छु । जनतासंगको सामिप्यता झनझन प्रगाढ बनिरहेको छ । जनताले थुप्रै प्रश्न त गर्छन् गरुन कसरी किनकी हामीले भनेको कुरा सत्य नै थियो । हिजो हामीले साम्यवादी ब्यवस्था ल्याउछु भन्ने भाषण गरेका थियौँ । जनयुद्धका आफनै रेडिममेट सपनाहरु थिए ।

ति सपनाहरुका बारेमा प्रश्न आउनु स्वभावीक पनि छ । किनकी परिर्बतनका लागि बिभिन्न सपनाका पिरामिडहरु तयार नगरिएको हैन । त्यही परिबर्तनले मुलकु संघिय गणतन्त्रमा गएको कुरा पनि घाम जस्तै छर्लङग छ । हिजो सेना,संगठन वनाईयो यी सवै कुरा पूरा नभएपनि पुरानो राज्य ब्यवस्थाका नियम कानुन संरचनाहरु माओवादी जनयुद्धले परिवर्तन गरेको कुरा त तितो सत्य नै हो । जनताले यो कुरा राम्रोसंग बुझेका छन ।

१४.पार्टी एकताप्रति कतिको सन्तुष्ट हुनुहुन्छ ? एकताले जनयुद्धलाई न्याय गरेको जस्तो लाग्छ ?

सन्तुष्टी र असन्तुष्टीको कुरा भन्दा पनि नेपाली कम्यिुनिष्ट आन्दोलनको बिशिष्ट सफलता हो । सिसा जस्तै टुक्रिएर टुक्र टुक्रा बनेका कम्यिुनिष्ट पार्टीका लागि यो भन्दा महत्वपुर्ण सफलता अर्को के होला र ? भिन्न पार्टी एउटै संगठनमा रहेर चल्नु भनेको खुसिको कुरा हो नै । भौतिक रुपको संगठन मात्र एकता भएको र भिन्न विचार र मतको एकता भएन भने एकताको कुनै अर्थ हुदैन् ।

त्यसैले एकताको मुख्य रुप भनेको विचारमा एकता हुनु हो । हिजो जनयुद्धमा लडेका कयौं घाइते अपाङ्ग, शहिद परिवारलाई विचार भावना र संगठनमा सम्वोधन भएन भने झन ठुलो भयावह हुन सक्छ । त्यसैले एकताको प्रक्रियामा विचार सिद्धान्तलाई मुख्यरुपमा एकता गर्न जरुरी छ । यसप्रति मेरो बुझाई जनयुद्धको मुद्धालाई संस्थागत गर्नुपर्छ भन्ने नै हो ।

१५.कुराकानीका लागि धन्यबाद ।

 मेरा विचारहरुलाई जनतासामु  ल्याउन मद्धत गर्ने कुसेन्युजलाई धेरै धेरै धन्यवाद ।