पचालझरनाको समुच्चय बिकासका लागि निरन्तर लागि परेका छौँ – अध्यक्ष सेजुवाल

यसकारण गाँउपालिका अरु पालिका भन्दा भिन्न हुनेछ ….

लामो सयम जनयुद्धमा त्याग,बलिदान,समर्पण गरेर आएका कालिकोट पचाल झरना गाँउपालिकाका अध्यक्ष खडगराज सेजुवाल (बिश्वप्रकाश) लोकप्रिय युवा नेताको रुपमा परिचित छन । कुनैबेला बम गोलिसंग साउथी गरेका सेजुवाल आफना अनुभुवहरुको ओइरो लगाउछन । सालिन शान्त स्वभावका नेता सेजुवाल हाल कालिकोट पचालझरना गाँउपालिका अध्यक्ष हुन । अध्यक्ष सेजुवालसंग हाम्रा प्रतिनिधिले गरेकोे भलाकुसारी……….

पछिल्लो चरणमा पचालझरना गाँउपालिका कसरी अगाडि बढिरहेको छ बताइदिनुस न ?

– खासगरी पचालझरना गाँउपालिका पर्यटनको केन्द्रबिन्दु हो । पछिल्लो चरणमा पचालझरना गाँउपालिकालाई पर्यटन गाँउपालिका कसरी बनाउने भन्ने बिषयमा स्थापित गर्न सकेका छौँ यहि नै पहिलो उपलब्धी हो ।

यतिबेला म स्व.मन्त्री रबिन्द्र अधिकारीलाई सम्झीन चाहान्छु, जसको पहलमा १ सय गन्तब्यभित्र पार्न सकियो । देशभित्रै गुमनाम अबस्थामा थियो । यसलाई चिरेर सय गन्तब्यमा पारियो । यसलाई अबसरका रुपमा लगिएको छ । यो गर्बको बिषय हो ।

पचालझरना सय गन्तब्यमा पर्नु गर्बको बिषय हो नै । तपाइका लागि अबसर कि चुनाैति ?

अध्यक्ष बन्नु संयोगको कुरा हो । गर्बको बिषय बनाउने कुरा मेरो कर्ममा भर पर्ला मैले कति गर्नसक्छु त्यसमा भर पर्ने कुरा हो । म बितेका १ बर्ष र यी आउने बर्षहरुमा पनि यो बिश्वास दिलाँउछु ।

हामीले यो बर्ष कामको सुरुवातिका बर्षका रुपमा लिएका छौँ । यसको ब्यवस्थीत गर्न तत्पर छौँ । पचालझरनासंगै कालिकोटकै दुर्गम गाँउपालिका भएकोले यसको समुच्चय बिकासका लागि पनि लागि परेका छौँ । सडक,बिजुली बति ,पानी सबैको ब्यवस्थापन गरेका छौँ ।

गाँउपालिकाको गुरु योजना कस्तो छ ?

हामी निश्चत एउटा लक्ष्य र उदेश्य बनाएर अगाडि बढेका छौँ । बिकासका पुर्वाधारहरु तयार गर्दै बढने योजना छ । हामीले नारा पनि बनाएका छौँ । संयुक्त पचालझरना हाम्रो चाहाना । यहि नाराका साथमा अगाडि बढेका छौँ । यो बर्ष हाम्रो शुभारम्भको बर्ष रहयो ।

निक्कै मेहनत गरेका छौँ । ५ वडामा खानेपानीको ब्यवस्थापन गरेका छाँै । यो बर्ष एक घर एक धाराको अबधारण अगाडि बढाएका छौँ । सडक ब्यवास्थापनको हिसाबले सबै वडाहरुमा सडकको ट्रयाक ओपन गरेर सकेका छौँ । हामी ४ बर्षलाई समिक्षाको बर्षको रुपमा लगेका छौँ ।

गाँउपलिकालाई आबधिक योजनाका रुपमा अगाडि बढाएका र्छौँ । गाँउ,टोल,बस्ती र घरघर बिकासको अनुभुती हुने गरी अगाडि बढिरहेका छौँ ।

स्वरोजगारीका हिसाबले कसरी बढनु भएको छ ?

क्र्णाली सबै हिसाबले पिछडिएको क्षेत्र हो । चुनौतिहरु पक्कै छन । काठमाडौँ र कर्णाली ,नेपालगन्ज र कर्णाली ,सुर्खेत र कर्णाली हेरौँ भने कयौँ पछाडि परेका छौँ । सामरीक भुगौलले पनि कर्णालीलाई अप्ठयारोमा पारेका छ । भौगोलिक हिसाबले कर्णालीलाई अहिलेपनि खुटा बिहिन बनाइएको छ ।

परनिर्भर कर्णाली बनाइयो । यसले समग्र बिकासमा अबरोध गरेको छ । हामीले पचालझरना स्वरोजगार भन्ने कार्यक्रम अगाडि बढाएका छौँ । जो कार्यक्रम बिशेष गरी उत्पीडित जाति क्षेत्रका युवाहरुसंग सम्बन्धीत छ । सामुहिक ढंगले समास्या हल गर्ने गरी स्वरोजगार बनाएका छौँ ।

त्यहाँका जनतालाई अनुभुति हुने तपाईलाई पनि सार्थक लाग्ने बिशेष काम के हुन ?

पचालझरना गाँउपालिकाको भुगोललाई तिन तहमा बिभाजन गरेका छौँ । जसले बिकासका कामहरुलाई द्रुत गतिमा बढाउन सहज होस । कृषी क्षेत्रमा बिशेष ढंगले सोचेका छौँ । नेपाल कृषी प्रधान मुलुक भएकोले हामीले गाँउपालिकालाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्नेमा छौँ । पुशपालन, कृषी फारम लगायत ब्यवस्थीत पालनपोषन गर्नुपर्छ भन्नेमा जोड दिएका छौँ । 

बिगतकै जस्तो घुमन्ते प्रकारको भन्दापनि आधुनिक पशुपालनको लागि सुभारम्भ गर्ने सोचिरहेका छौँ ।
त्यसको लागि प्रोत्साहन स्वरुप गोठालो भत्ता पनि दिइरहेका छौँ । ५० भन्दा माथी पाल्नेलाई १ हजार सय भन्दा माथी पाल्नेलाई २ हजार भत्ता दिइरहेका छौँ । यसले किसानहरुमा उत्साह पैदा भएको छ । अनुदान स्वरुप गाँउपालिकाबाट पनि सहयोग गरीरहेका छौँ ।

कसरी भिन्न हुनसक्छ अरु पालिका भन्दा पचालझरना गाँउपालिका ?

धेरै कुरामा भिन्न बनाउने प्रयासमा छौँ । प्रयत्न गरिहेका छौँ । गोठाले भत्ता ,खरमुक्त छानो,युवाहरुलाई सामुहिक रोजगार, यि र यस्तै यस्तै थुप्रै काम गरिहेका छौँ निरन्तर लागि परेका छौँ । पहिलो काम घरजग्गा नभएकाहरुलाई प्रमाणीत गराई घर निमार्ण गरिरहेका छौँ । पहिलो बर्ष ९ दोस्रो बर्ष ९ घर निमार्ण गरी १८ वटा घर पनि बनाइदिएका छौँ ।
कोहि रोगभोकले नमरोस हामी यहि चाहान्छौँ । आधारभुत कुराबाट बञ्चित नहोस भनेर बिभिन्न । राहत अनुदानका कार्यक्रम अगाडि बढाएका छौँ ।

गाँउपालिकामा प्रत्यक वडामा एउटा स्वास्थ इकाईको ब्यवस्था गरेका छौँ । कोहि उपचारबाट बञ्चित नहोस भनेर । शुसानको अनुभुति हुने गरि लागिपरेका छौँ । दिलो ज्यान दिएर लाग्ने छौँ ।

तपाई लामो समय बन्दुक चलाएर आउनु भयो बन्दुक चलाउन सजिलो रहेछ कि सरकार चलाउन ?

यो फरक कुरा हो । परिबेशले के बनायो भन्ने कुरा पहिलो कुरा हो । हामी कहिं न कतै फरक ठाँउमा उभिएका छौँ । हिजो समय र परस्थितिको मागअनुसार हाम्रो जिम्मेबारी बदलिएको छ । बदलिएको जिम्मेबारी अनुसार आफुलाई बदल्ने कुरा स्वभावीक छ ।

तपाइहरुले उठाएका हिजोका सपनाहरुका बिषयमा जनताले प्रश्न चिन्ह खडा गर्दैनन ?

जनताबाट कतै न कतै अल्मलिएको कुरा नआउने कुरा हैन । बिशेष गरि आधारभुत बर्ग जसले हिजो जनयुद्धमा पनि महत्वपुर्ण लगानि गर्यो कुराकानी आउछन । तर उपलब्धी नभएकै भने हैन । जनयुद्धले राजनितिक रुपमा उपलब्धी गरेको हो । त्यहि उपलब्धीमा रहेर यो संघिय गणतन्त्र स्थापित भएको हो । 

त्यसोभए तपाँई अहिलेको राजनितिक परस्थिति प्रति सन्तुष्ट हुनुहुन्छ ?

त्यसो पनि हैन । अपुगताहरु छन जनताले सोचेजस्तो हुन सकेको छैन ।

सरकारको काम प्रति कति सन्तुष्ट हुनुहुन्छ ?

हामीले जुन स्तरबाट सोचेका थियौँ त्यति नभए पनि उदेश्य जे थियो त्यसबाट पछाडि हटेको जस्तो पनि देखिने अबस्था भयो । थोरै उल्टो गरे जस्तो लाग्ने भयो । चाहे जुनसुकै तवरबाट होस । भ्रष्टाचार,महङगी,शुसाषन यावत बिषयमा जनताका आकाँक्षा पुरा भएका छैनन ।

चाहेर या नचाहेर अलमलमा पर्ने अबस्था छ । स्थानिय चुनाव तिन तहका सरकारको तालमेल नमिले जस्तो पनि देखिने अबस्था सिंजना भएको छ । संघियताको बस्तुनिष्ठ कार्यान्वयन नहुदा जनता अलमलमा हुनु स्वभाविक हो । अहिले सरकार र पार्टीको काम प्रति जनता सन्तुष्ट भयो भने भोली जनता एकता हुन्छ ।

नत्र जनता बिकेन्द्रीत हुन्छ यो धुर्व सत्यलाई कसैले नकार्न सक्दैन ।  दुइतिहाइको सरकारले कामकारवाहिलाई ब्यवस्थीत गर्न नसकेकै हो भन्ने जनतामा परेको छ ।

प्रदेश सरकार कस्तो अबस्थामा छ जस्तो लाग्छ ?

अलमलमा छ । प्रदेशको सरकार मुर्ति बनेको छ । स्थानिय निकायसंग समन्वय हुन सकेका छैनन । प्रदेशका योजना बिचमै रन्थनिएका छन । कुनै ठेगान छैन । प्रदेश सरकार स्थानियमुखि भएन । तालमेल कतै मिल्न सकेन । हामीले कर्णाली प्रदेश सरकारलाई ध्यानकर्षण गरायौँ । तर त्यसको सुनुवाई हुन सकेको छैन ।

तपाई अहिलेको आन्तरीक पार्टी एकताप्रति ब्यक्तिगत रुपमा कति सन्तुष्ट हुनुहुन्छ ?

हामी निरन्तर छलफल बहसमा छौँ । अलिअलि अलमलहरु पनि छन । हामी सबैमा भएका सन्तुष्टीहरुलाई सन्तुष्टका रुपमा समापन गर्न सकिन्छ कि सकिदैन भन्ने कुरा हो । यो भन्दा बढि नभनौँ ।