जसको शरीरमा अझैपनि साठी भन्दा बढि गोली छन्
जनमुक्ति सेनाका सर्वोच्व कमाण्डरसमेत रहेका पार्टी अध्यक्ष प्रचण्ड स्वंय कमाण्डमा खटिएका थिए । देशैभरीबाट छापामार केन्द्रीत गरी आक्रमण गरिएको थियो । छापामारहरु मार या मरको अन्तिम प्रयास गर्दै थिए । भिषण लडाइ जारी थियो ।
विभिन्न आक्रमणमा सहभागी भइसकेकी राममाया खारामा पनि खरो उत्रनेमा विश्वस्त थिइन् । तर, परिस्थिति बिल्कुल फरक बनिदियो । एकपछि अर्को गरी छापामार ढल्दै गए । युद्धको अग्रभागमा रहने एसल्ट ग्रुपकी मनमायालाई पनि गोली लाग्यो ।
दर्जनौँ माओवादीको ज्यान गएको र सयौँ घाइते भएको खारा युद्ध सम्झदा पनि मनमायाको अनुहार रातो हुन्छ ।
पहिलो एसल्टमा लडदा लडदै लडाई अर्कै मोडमा पुगेको उनले सुँइको समेत पाइनन् । सँगै लड्दै गरेका एसाल्ट कमाण्डर पनि ठाँउका ठाँउ ढले । नेपाली सेनाले एण्टी घेरा हालिसकेको रहेछ । मनमायामाथि दर्जनौँ गोली बर्षिसकेका थिए ।
वरिपरि लासैलासको लस्कर थियो ।
अघिसम्म जोडतोडले लडिरहेका सहयोद्धाहरु सहिद बनिसकेका थिए । शरीरबाट भल्भल्ती रगत आइरहेको थियो । चोट शरीरमा कति हुँदो हो, तर उनलाई चिन्ता खारा लडाइ के हुने हो भन्नेमै थियो ।लडाइ हारिएको र सेना अघि बढिरहेको हल्ला सुनियो ।
लास र घाइते कुरी बसेका कमरेडहरु सेना आउँदैछ भन्ने सुनेपछि भागे । तर, रोल्पाकी एक मगर कमरेड टसको मस भइनन् । राममायालाई आफ्नो भन्दा सरसाउँदी ती कमरेडको माया लागेर आयो । राममायाले सुझाइन्–कमरेड तपाई जानोस्, म त त्यसै मर्दैछु, तपाई मरेकालाई कुरेर किन मर्नुहुन्छ ?
नाम थाहा छैन मनमायालाई । तर, ती महिलाको याद भने सधैँ आइरहन्छ । कस्तो अटल माया ! सायद ती महिला हिडेको भए मनमाया खारामै मर्थिन होला । उनी रुँघी बसिन् । केही समयपछि पल्टन कमाण्डर रमेश र परिवर्तन आइपुगे । हल न चलको अवश्थामा रहेकी मनमायालाई रमेश र परिवर्तनले जसोतसो बोकेर एचपी ग्रुपमा (घाइते राख्ने ठाउँ) लगे ।
मनमायालाई एचपी ग्रुपमा राखेर रमेश र परिवर्तन फेरि युद्धमा फर्किए । केहिसमयपछि मनमायाले थाहा पाइन् परिवर्तनसँगको त्यो बिदाइ सदाका लागि रहेछ । उनी केहि समयपछि सहिद भैसकेछन् ।
युद्धभित्रको क्रुरताको कुरा गरि साध्य छैन । युद्ध जितेको सेना अघि बढ्दै आयो । माओवादी छापामारहरु तितरबितर भइसकेका थिए । घाइतेहरु राखिएको ठाउँमै सेनाले हमला थाल्यो । भाग्न सक्ने घाइते भागे । नसक्नेहरु अधिकाँश मारिए ।
हल न चल कि मनमाया चाहेरपनि भाग्न सक्ने अवश्थामा थिइनन् । ज्यान त गोलीले छियाँछियाँ बनाइसकेको थियो । एक मुठी सास भने जसोतसो जोगिएको थियो । कालिकोटका कमरेड जनमले उनलाई पुर्नजन्म दिएजस्तै भयो । जनमले उनलाई त्यहाँबाट बोकेर नदौडेको भए काल टाढा थिएन ।
जसले बचाए आफु बचेनन्
खाराको लडाइ त्यत्तिकै सकिएन । लडाइमा हार बेहोरेको माओवादीलाई सरकार त्यही घानमा थप घायल पार्न चाहन्थ्यो । त्यसैले सेनाले लडाइबाट फर्कदै गरेका माओवादीलाई पिछा गर्न छाडेन । ठाउँठाउँमा बमबारी जारी थियो । हिड्दाहिड्दै छापामारहरु ढल्दै थिए । खानुखुट्नु केही थिएन । मनमायालाई स्हारेर बस्ने अबश्था चाहेरपनि कोही माओवादीको थिएन । उनी बाटोमै अलपत्र परिन् ।
दर्जनौँ छर्राका कारण असह्य पीडा हुँदा उनी मृत्यु जति सक्दो चाँडो आइदिए हुन्थ्यो भन्ने कामना गर्दै रहिन् । मृत्युको प्रतीक्षा गरिरहेकी थिइन् मनमाया, तर आइपुगे कमाण्डर बहुबीर । मनमायाको त्यो अवश्था देखेर बहुबीरले डाँको छाडे । लडाइले लखतरान बहुबीरले मनमायालाई बोकेरै सुरक्षित स्थानमा पु¥याए । मनमायालाई मृत्युको मुखबाट जोगाउने बहुबीर पनि म्याग्दीको लडाइमा सहिद भए । मृत्युको मुखबाट थुतेर निकाल्ने परिवर्तन र बहुबीर सम्झिदा मनमायाको मन थामिदैन ।
घाइते अबस्थामै प्रहरी हिरासतमा
रमिता जटिल घाइते थिइन उनको केश अरुको भन्दा खतराजन्य थियो । उनलाई उपचारको लागि भारत तर्फ लैजान निदेर्शन गरियो । सल्यान हुदै दाङ पुर्याइयो दाङमा ओनसरी घर्ति सेक्रेटरी थिइन उनिसंग भेट भयो । ओनसरी घर्तिको आत्मीयताले उनको मन शान्त भयो । त्यसपछि उनलाई अहिलेका राष्ट्रपति नन्द बहादुर पुन पासाङका भाई कमल पुनसंग उपचारमा भारत तिर हिडालियो ।
बाटाका अनेक अबरोधहरु छिचोल्दै उनिहरु भारतको हरियाना पुगे दुर्भाग्य पासाङका भाइ कमल त्यहिबाट समातिए । उनि समातिएपछि गएका घाइते सबै समातिए अरु भन्दा जटिल केश थियो रमिताको उनि पनि समातिइन । घाइते रमितालाई सोतर फाले जस्तै गाडिमा फालिन्थ्यो । चरम मानशिक यातना दिइन्थ्यो । तर उनि ति मानशिक शारीरीक यातनाबाट कहिल्यै गल्दैन थिइन ।
हिरासतमा उनको घाउ पाकेर किरा पर्ने अबस्थामा पुगिसकेको थियो । र पनि नेपाली सेनाको यातना रोकिने सुर थिएन । उनलाई भारतबाट कपिलबस्तु हुदै नेपालगञ्ज राँझा एयरर्पोटमा ल्याइयो । राँझा तत्कालिन मध्यपश्चिम बाहिनी थियो । जसको कमाण्डर थिए रुकमान्दगत कटुवाल । रमिताले राझामा जिवनमा कल्पना नगरेको यातान भोगिन । मानशिक यातना शारीरीक यातना घाइते शरिर अहिले सम्झदा शरिरमा काँडा उम्रने बताउछीन ।
बाल मनस्थीतिमा परेको बिद्रोही छाप
जाजरकोटको शक्ला ८ लबिसामा ४१ साल साउनमा जन्मीएकी मनमाया सानै बिद्रोही थिइन । बिद्रोही परिबारमा जन्मीएकी मनमायाको जिवनशैली नै बिद्रोहत्मक थियो । त्यो सब बन्नुका पछाडि पारीबारीक माहोल मुख्य आधार थियो । जनमोर्चासंग आस्था राख्ने घरपरिबार राजतन्त्रका हर कुरा बहिस्कार गर्दथ्यो । त्यहि छाप मनमायामा नराम्ररी परेको थियो । घरका ५ भाइबहिनी मध्यकी माइली दिदि बहिनी मध्यकी जेठी उनि निक्कै चलाख र हक्की स्वभावकी थिइन । समाजमा भएका जुनसुकै अन्यायको बिरुद्धमा थियो घरपरिबार त्यहि छापका कारण उनि पनि बिद्रोही हुनु स्वभावीक थियो ।
एकदिन..
२०५५ जेठ २२ गते गणेश प्राबी लबिसामा सेपुखोला बारेकोटबाट आएको प्रहरी जथ्थाले अन्धाधुन्दा गोलि चलायो । निहत्या निर्दोश बिद्यार्थी सहित ८ जना गाँउलेको हत्या गरियो । त्यसमा उनका गाँउका लाटा जिब्रो नआउने,र सुत्केरी महिला समेत परिन । उनलाई त्यो घटनाले गहिरो छाप पार्यो । उनिहरुलाई माओबादी नामको मा समेत थाह थिएन । उनलाई प्रहरीले माओबादीको आरोपमा गोलीले एकै चिहान बनायो ।
उनलाई लाग्यो माओबादी नभएकालाई बनाउने प्रहरी ज्यादतीका बिरुद्ध बिद्रोह गर्ने अठोट बोकीन । बिद्यार्थी संगठनमा जोडिइन अन्तत २०५६ साल चैत्र १२ गते घर छोडिन पुर्णकालिन भइन । उनि पुर्णकालिन हुदाँ मात्र १४ बर्षकी थिइन ।
त्यसयता उनले थुप्रै उतारचढाव भोगेकी छिन् ।
उनले आफ्नै दाइलाई युद्धमा गुमाइन् । आफुलाई कालको मुखबाट निकालेर बचाउने बहुबीर, परिवर्तनजस्ता कमरेडको सहादत सहिन् । आफुलाई माओवादी छापामारका रुपमा पलाटुनमा प्रवेश गराउने जीत गणेशपुर लडाइमा मारिएको सहिन् । कलकलाउँदो उमेरमा अङ्गभङ्ग भोगिन् ।
नयाँ भूमिकामा मनमाया
माओवादी युद्धका कारण मनमायाको नाम मात्र फेरिएन, सबथोक फेरियो । मनमाया, राममाया हुँदै रमिता बनेकी उनलाई माओवादीहरुको रमिता देखेर उदेग लाग्दछ । माओवादी युद्धका कमाण्डरहरु अनेकधारमा विभक्त हुँदै गए । हुँदाहुँदै विरोधी धारमा बिलय हुने बिडम्बना बेहोर्नु परेको उनको बुझाइ छ ।
जहाँ जस्तो अवश्थामा रहेपनि जनताको सेवा गर्न नछाड्ने उनको प्रतिबद्धता छ । आफ्नो नयाँ भूमिकाबारे मनमाया भन्छिन्–जाजरकोटको नलगाड नगरपालिकाको प्रवक्ताका रुपमा क्रियाशिल छु । नगर सदस्यका रुपमा आफुले भ्याएसम्म जनताको सेवा गर्ने छु ।