जानकी गाउँपालिका बालविवाह मुक्त घोषणा

बन्यो जिल्लाकै पहिलो बालविवाह मुक्त पालिका

नेपालगन्ज. बाँके बाँकेको जानकी गाउँपालिका राष्ट्रिय बालदिवस २०७८ को अवसरमा आज बालविवाह मुक्त गाउँपालिका घोषणा भएको छ । घोषणा भए संगै जानकी गाउँपालिका बाँकेको पहिलो बालविवाह मुक्त पालिका बनेको छ ।

सामान्य अवस्था वा कोभिड महामारी बाल सरक्षण हामि सबैको जिम्मेवारी भन्ने मूल नाराको साथमा जानकी गाउँपालिका लाई आज एक बिशेष समारोहका बिचमा जिल्ला बालअधिकार समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका सयोजक अजय कुमार श्रीवास्तवको प्रमुख अतिथ्यतामा बालविवाह मुक्त घोषणा गरिएको हो ।

नेपाल सरकारको बालविवाह अन्त्यका राष्ट्रिय रणनीति,२०७२ लाई अङ्गीकार गर्दै र जानकी गाउँपालिकाको बालविवाह मुक्त अभियान संचालन निर्देशिका २०७७ मा भएको व्यवस्था अनुसार प्रक्रिया अवलम्बन गर्दै सम्पूर्ण मापदण्डहरु पुरा गरि जानकी गाउँपालिका स्तरीय बाल अधिकार समितिको सिफारिसमा दिगोपना सुनिश्चितताका लागि पालिकाको प्रतिबद्दता समेत जाह्रेर गरेको हुँदा पालिका लाई बालविवाह मुक्त घोषणा गरिएको घोषणा पत्रमा उल्लेख गरिएको छ ।

घोषणा समारोहमा बोल्दै बाँके का प्रमुख जिलाधिकारी शिवराम गेलालले घोषणा पश्चात यसको निरन्ततामा बिशेष जोड दिनु भयो । गेलालका अनुसार बालबालिका संग सम्बन्धित बिभिन्न किसिमका सामजिक बिकृति विसंगति लाई उन्मुलन गर्नका निम्ति सबैले हातेमालो गर्न आग्रह गर्दै यसमा प्रशासनले खेल्ने भूमिका प्रति प्रतिबद्दता जनाउनुभएको छ ।

कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकी गाउँपालिका लाई बधाई दिदै आगामी दिनमा खजुरा लाई समेत छिटै बालविवाह मुक्त घोषणा गरिने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला बाल अधिकार समितिका सयोजक अजय कुमार श्रीवास्तवले घोषणा पश्चात बालविवाहको दर शुन्यमा झार्नका लागि अझै जनचेतना को आवस्यकता महसुस भएको साथै शिक्षामा बिशेष लगानी गर्ने योजना बनाउन पालिका लाई आग्रह समेत गर्नुभयो ।

समारोहमा गाउँपालिका लाइ बालबिवाह मुक्त घोषणा गर्न सहयोग गर्ने व्यक्ति संस्था तथा अभियान्ता हरुलाई पालिकाले समानित समेत गरेको छ घोषणा पुर्व झाकी सहित र्याली गाउँ परिक्रम गरिएको थियो समारोहमा स्थानीय जनप्रतिनिधि संघसंस्थाका प्रमुख प्रतिनिधि,बालक्लब, किशोरी संजाल,युवा संजाल,आमा समुह,बिद्यार्थी,शिक्षक,सुरक्षाकर्मी राजनीतिकदलका प्रमुख प्रतिनिधिको समेत उपस्थिति रहेको थियो सो समारोह जानकी गाउँपालिकाका कार्यवाहक अध्यक्ष भुमिसरा धितालको सभापतित्वमा सम्पन्न भएको हो ।