अखिल क्रान्तिकारीको २६ औँ जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा क्षेत्रि

शैक्षिक ब्यापारीकरणको बिरुद्ध संघर्ष गर्ने

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) बाँकेको अध्यक्षमा डिल्ली क्षेत्रि चयन भएका छन् ।

दलाल पँजीवादी शिक्षा प्रणालीको विरुद्ध हाम्रो आन्दोलन, सुदृढ संङ्गठन र वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि २६ औँ जिल्ला सम्मेलन मुल भन्ने नाराका सम्पन्न सम्मेलनले क्षेत्रिको नेतृत्वमा १९ सदस्य जिल्ला समिती निर्वाचित गरेको छ ।

साथै सम्मेलनले संगठनको उपाध्यक्षमा राकेश दाहाल, सचिवमा जीवन बोगटी र कोषाध्यक्षमा अमृता घर्तिलाई निर्वाचित गरेको हो । त्यस्तै सदस्यहरुमा कमल अधिकारी, किशोर शाही, सुन्देवी शाही, सागरसेन पौडेल, पदम बोगटी, कमल बस्याल, कर्म बहादुर बोहोरा, शिर्जना शाही, कोपिला बुढा लगायतका सदस्यहरु निर्वाचित गरेको संगठनका नवनिर्वाचित अध्यक्ष डिल्ली क्षेत्रिले जानकारी दिए ।

उनले अबका दिनमा बाँके जिल्लामा व्याप्त रुपमा देखिएको शैक्षिक दलालीकरण, ब्यापारीकरणका बिरुद्ध संघर्ष केन्द्रित बताए । साथै उनले सामुदायिक, संस्थागत र प्राविधिक शिक्षाको क्षेत्र भित्र देखिएका विकृति र विसंगतिको समाधानको लागी निरन्तर लाग्नुका साथै उनले आवस्यक परेको खण्डमा आफु र आफ्नो संगठनले जस्तो सुकै कठोर संघर्ष गर्नु परे पनि पछि नहटे उनले जानकारी दिए ।