मान्छेले सवारीसाधन बोक्नुपर्ने जाजरकोटको त्यो भाइरल सडक

पुग्दैन सरोकारवालाको नजर

जाजरकोट, सवारीसाधनले मान्छेलाई बोक्छ स्वभाविक हो तर यस्ता सडक पनि छन जहाँ सवारी साधनलाई मान्छेले बोक्नु पर्छ । जाजरकोटका् खलंगा पाचकाटिया सडक निमार्ण भएको बर्षौ बित्दा पनि स्तर उन्नती नहुदा जिर्ण अवस्थामा छ । स्थानीयले सवारीसाधन बोक्ने जाजरकोटको भाइरल रोडका रुपमा चित्रण गरेका छन । बिगतका केही बर्षदेखि जाजरकोट जिल्ला सदरमुकामदेखि पाचकाटिया ढिमे पैक हुँदै ब्याउलि ढुङगा जोडने सडकका बिषयमा सरोकारवाला निकायहरु चुपचाप रहदा यो सडकको अबस्था जिर्ण बनेको हो ।

बर्षेनी याे सडक  अवरुद्ध हुनेगर्छ। वर्षाका कारण ठाउँठाउमा पहिरो गएपछि सडक अवरुद्ध हुे गरेकाे छ । बाटो अवरुद्ध भएपछि आवतजातका साथै दुर्गम गाउँमा दैनिक उपभोग्य सामान आपूर्तीमा समस्या भएको छ। विरामीलाई स्वास्थ्य संस्था लान समस्या भएको छ। सडक खनेको १२ वर्ष वितिसक्दा पनि स्तरोन्नती हुन नसक्दा हरेक वर्ष सडक अवरुद्ध हुने गरेको हो। बाटो बिग्रिएपछि पैदलै हिड्नुको विकल्प नभएको कुशे ५ की हरि बहादुर थापाले बताए। 

सडक डिभिजनले गत वर्षदेखि यो सडकको स्तरोन्नती गर्ने कार्य गरिरहेको छ। तर सडक स्तरोन्नतिको काममा ढिलाई हुँदा यातायात संचालनमा समस्या भएको हो। सम्बन्धित निकायको लापरवाही र उदासिनताले सडक निर्माणमा ढिलाई हुँदा यातायात अवरुद्ध हुने गरेको छ । पाँचकाटिया सडकमा यातायात नचल्दा ढिमे, पैंक, अर्छानी, पजारू, टालेगाउँ, नायकबाडा, रामिडाँडा, रोकायगाउँलगायत गाविसका बासिन्दा दिनभर पैदल यात्रापछि खलंगा पुग्नुपर्ने बाध्यता छ ।

जाजरकोट– जुम्ला सडकको खलंगा–पाँचकाटिया सडकखण्ड २२ किलोमिटर मात्र छ खन्न थालेको १२ वर्ष बढी भैसक्यो बजेट ७० करोड खर्च भैसक्यो तर अहिलेसम्म गाडी गुड्न लायक सडक निर्माण भएको छैन।  बर्षा लाग्ने बित्तिकै यो सडक बर्षेनी अवरुद्ध हुने गरेको छ। साना जिप, ट्याक्टर चल्ने यो सडक अवरुद्ध भएसँगै कुशे र बारेकोट गाउँपालिकाको सदरमुकाम सँगको सम्पर्क टुटेको छ। स्थानीय बासिन्दा पैदल हिड्न बाध्य छन्। धेरै ठाउँमा सडक बिग्रिएकोले तत्काल मर्मत गर्न समस्या भएको सडक डिभिजन कार्यालय चौरजहारीले जनाएको छ।