क्यामराम्यानलाई बचाउन खोज्दा रुसी मन्त्रीको दुर्घटनामा निधन

एजेन्सी, रुसका इमर्जेन्सी मन्त्रीको बुधबार एक दुर्घटनामा परी निधन भएको छ । रसियन इमर्जेन्सी सिचुएसन्स मिनिस्टर येभजेनी जिनिचेभको ५५ वर्षको उमेरमा आर्कटिकमा रणनीतिक नागरिक रक्षा तथा सैन्य अभ्यासका बेला भएको मन्त्रालयले एक वक्तव्य जारी गर्दै जानकारी दिइएको छ ।

‘जिनिचेभले आफ्नो आधिकारिक कर्तव्य पालना गर्दै गर्दा कसैको ज्यान बचाउने प्रयासमा उनको दुःखद अन्त्य भएको छ । यो बताउँदा हामी असाध्यै मर्माहत भएका छौं ।’

राज्यद्वारा सञ्चालित आरटी न्यूज ब्रोडकास्टरकी सह–सम्पादक मार्गरिटा सिमोन्यानले जिनिचेभको चिप्लिएर पानीमा खसेका क्यामराम्यानलाई जोगाउने प्रयासमा निधन भएको हो ।

‘त्यहाँ धेरै जनाको उपस्थिति थियो तर पानीमा ती व्यक्ति खस्ने बित्तिकै जिनिचेभ पनि किन एक्कासी हाम फाले भन्नेर कसैले ठम्याउन सकेनन् । जिनिचेभ ढुङ्गामा बजारिएका थिए,’ उनले भनिन् । सिमोन्यानले ती क्यामराम्यान आरटीका कर्मचारी हुन् कि होइनन् भन्ने स्पष्ट जानकारी दिइनन् । उक्त दुर्घटनामा ती क्यामराम्यानको पनि मृत्यु भएको बताइएको छ ।