अखिल क्रान्तिकारी कोहलपुरको अध्यक्षमा बोगटी र खजुरामा बराल

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कोहलपुर नगर समितिको अध्यक्षमा पदम बोगटी निर्वाचित भएका छन् ।

मंगलबार भएको कोहलपुर नगर एरिया समिती दोस्रो भेलाले बोगटीको अध्यक्षतामा २५ सदस्य एरिया समिती निर्वाचित गरेको हो ।

उक्त भेलाले संगठनको उपाध्यक्षमा समीर थापा, शिर्जना शाही, सचिबमा राजु सास्कोटा, सहसचिव वसन्त खत्री, कोषाध्यक्षमा कोपिला बुढालाई चयन गरेको छ ।

त्यस्तै खजुरा गाउँपालिका एरिया समितीको भेलाले पुनम बराललाई अध्यक्षमा निर्बाचित गरेको छ । सोमबार ज्ञनोदय स्कुल खजुरामा भएको खजुरा गाउँपालिका स्तरको प्रथम भेलाले पुनम बरालको अध्यक्षतामा २० सदस्य एरिया कमिटी निर्माण गरेको छ ।

विप्लव नेतृत्वको नेकपा निकटको बिद्यार्थी संगठन २२ औं राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । असोज ६,७ र ८ गते पोखरा गर्न लागेको राष्ट्रिय सम्मेलनको तयारी स्वरुप देशैभर जिल्ला सम्मेलन भेला तथा एरिया भेलाहरु सम्पन्न गर्ने केन्द्रीय योजना अनुरुप बाँकेमा पनि २६ औं जिल्ला सम्मेलन भाद्र ३० गते हुदैंछ । त्यसैको तयारी स्वरुप बाँकेमा पनि आफ्नो सांगठनिक संरचनाहरुलाई नगर तथा गाउँ एरिया, वडा इकाईमा लग्ने निर्णय गरेको बूझिएको छ।