राराको मुर्मा टपमा सुविधा सम्पन्न नयाँ रिसोर्ट बन्दै

नेपालगन्ज, नेपाल प्राकृतिक सुन्दरताले भरिएको नेपालको सबै भन्दा ठुलो मुगुको रारा ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको प्रमुख रोजाई परेको छ । युवा व्यवसायी देविकृष्ण रोकायाले रारा आउने पर्यटकहरुलाई लक्षित गदैँ राराको मुर्माटपमा रारा ईको रिसोर्ट बनाउन लागेका हुन् ।

अहिले राराको मुर्मा टपमा रारा पुग्ने पर्यटकहरुको संख्यामा करिव ९० प्रतिशत पर्यटकहरु मुर्माटप पुग्ने गरेका छन् । यदी रारा पुगेर मुर्माटप नपुगेछि रारा यात्रा पर्यटकहरुको लागी अधुरो हुन्छ । अहिले मुर्मा टपमा दैनिक सयौंको संख्यामा पुग्ने पर्यटकहरुलाई खाजा, खाना, बास र पानिको समस्या छ अब त्यो समस्या हट्ने सम्चालक रोकाया बताउछन् ।

राराको मुर्माटपमा रिर्सोट बन्ने वित्तिकै पर्यटकहरुलाई खान र बस्नको लागी सहज हुने र पर्यटकहरुको रारामा थप बसाई लम्बाउन सकिने छ । रारा ईको रिसोर्ट राराकै सुविधा सम्पन्न रिसोर्ट हुने बताइएको छ । उक्त रिर्सोटबाट रारा तालको पुरै दृश्य अवलोकन र छायाँनाथ, चुचेमारा, मुर्मा गाउँ ऋमोक्ष, चंखेली, कान्जिरोवा, कोईकि हिमाल र विहानको राराको सनराई हेर्न सकिने गरी डिजाईन गरिएको छ ।

रारा तालको किनारबाट खत्याडखोला जानेबाटो तिर करिब ८०० मिटर पर माजघट्टमा २०७५ सालबाट रारा मुर्मा होमस्टे संचालन गदै आएका रोकायाले होमस्टेमा दिनमा करिव ५० देखि १०० जना पर्यटकहरुलाई सेवा दिदै आएका छन् । उक्त रारा मुर्मा होमस्टेमा पनि रारा ईको रिर्सोटले करिव ३ रोपनिको जग्गामा थप लगानी बढाएर २० कोठाहरुको नयाँ भवन निर्माण हुने रोकायाले बताए ।

अहिले १० रोपनिमा बन्ने रारा इको रिसोर्ट स्थानिय काठ, माटो र ढुङ्गाको प्रयोगमा बनाईने छ । रिसोर्टमा तत्काल २० कोठाहरु बन्नेछन् । पर्यटकहरुको चाप अनुसार निकट भविश्यमा थप कोठाहरुको संख्यामा बृद्धि गरिने सन्चालक रोकायाले बताए । रारा ईको रिसोर्ट र होमस्टेको स्तर वृद्धी संगै अबका दिनमा करिव २ सय देखि ३ सय जना पर्यटकहरुले सेवा लिन पाउने छन् । रारा ईको रिसोर्ट प्रालीले स्थानिय अर्गानिक खानाका परिकारहरुलाई प्राथामिकता दिने र स्थानियहरुलाई रोजगारीको सिर्जना गर्नेछ ।

कर्णालीका यूवा पर्यटन व्यवसायी समेत रहेका रोकायाले कर्णाली र रारा क्षेत्रलाई लक्षित गदै रारा एड्भेन्चर ट्राभल्स संचालनमा ल्याएका छन । रारा एड्भेन्चर प्रालिले देशको जुनसुकै ठाँउबाट रारा घुम्न चाहाने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागी स्थलमार्ग र हवाई मार्गबाट सजिलै सस्तो सुलभ रारा टुर प्याकेज संचालन गदै आएको छ । राराको प्रकृतिक सुन्दरता बचाई राख्र्नु पर्नेमा जोड दिने रोकाया राराको कोर क्षेत्र भन्दा बाहिर होटल खोल्नु पर्ने बताउदै आएका छन ।