जुत्तामा ४ किलो सुन लुकाएर आएका २ युवा राँझा विमानस्थलबाट पक्राउ

नेपालगन्ज, राँझा विमानस्थलबाट ४ किलो सुन सहित २ जना पक्राउ गरेको परेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शुक्रबार दिउसो सवा ३ बजे श्री एयरको विमानबाट काठमाण्डौं देखि नेपालगन्ज आएका २ जना ४ किलो सुन सहित पक्राउ परेका हुन ।

शुक्रबार दिउँसो सवा ३ वजे श्री एयरको विमानबाट नेपालगन्ज झरेका झापा खादुवानावारीका २६ वर्षका अमिर लगुन विश्वकर्मा र मोरंग लेटारका २६ वर्षकै वुद्धिमान खातीलाई चार किलो बढी सुनसहित पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार उनीहरुको गतिविधि शंकास्पद देखिएपछि विमास्थलको आगमन कक्ष वाहिर प्रहरीले रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा विश्वकर्माले लगाएको जुत्ताको दाँयाबाँया दुई दुईवटा सुनको विस्कुट र खातीले लगाएको जुत्ताको तलुवामा एकएक पिस सुनको विस्कुट भेटिएको हो । ।

उनिहरुको साथबाट फेला परेको ६ थान सुनको विस्कुटको तौल ३ किलो ९९४ ग्राम रहेको छ । त्यसैगरी खातीले बोकेको लेदरको कालो रंगको झोला चेकजाँच गर्दा तिलहरी वाला र २७।४९ ग्रामको ५ थान गणेश लकेट समेत प्रहरीले बरामद गरेको छ ।

बरामद गरीएको सुन कहाँ लगिदै थियो भन्नेबारे अझै केही नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।