आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

काठमाडौं, वि.सं.२०७८ साल भदौ १८ गते । शुक्रबार । ईश्वी सन् २०२१ सेप्टेम्बर ०३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–द्वादशी, अहोरात्र । नक्षत्र– पुनर्वसु, दिउसो ०३ बजेर ५३ मिनेट उप्रान्त तिष्य । योग– व्यातिपात, बिहान १० बजेर २९ मिनेट उप्रान्त वरियान । करण– कौलव,बेलुकी ०६ बजेर ०१ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–मिथुन,बिहान ०९ बजेर २७ मिनेट उप्रान्त कर्कट ।काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २० मिनेट । दिनमान ३१ घडी ३३ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय राम्रो रहेकोले छोटो दूरीको व्यावसायिक यात्राको तय गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढ्न लेख्न मन लाग्नेछ । खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या आउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले नराम्रा तथा अप्रिय समाचारमा मन खिन्न हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउँदा मन प्रसन्न रहनेछ । आत्मविश्वासमा वृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समयको सही सदुपयोग गरी विदेशी लगानीहरू ल्याई रोजगारका अवसरहरू बढाउन सकिनेछ । घरमा आफन्त बीच नै मनमुटाब बढ्ने योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) ईमान्दारितापूर्वक गरिएको प्रयासबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । सरकारी धन तथा पैतृक सम्पत्तिको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय राम्रो नभएकोले राज्य बाट पाउने सेवा सुविधाबाट वञ्चित हुनु पर्नेछ । व्यापार व्यवसायमा लगानी गरे पनि लाभ थोरै मात्र हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आई दैनिक कामहरू गर्न सकिने छैन । घरपरिवार तथा आफन्त बीच मनमुटाब बढ्ने योग रहेको ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) वादविवाद तथा झै–झगडाबाट टाढै बस्नुहोला अनावश्यक धन तथा स्थायी सम्पत्ति हानी हुन सक्छ । अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरू हाबी हुनेछन् ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा हात पार्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय राम्रो रहेकोले सन्तान तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने योग रहेको । मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेको ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइ बिग्रने तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक सन्तुलन बिग्रने योग रहेको छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउने योग रहेको ।