बाँकेको कोहलपुरमा भेरी कर्णाली पोलिक्लिनिक सन्चालन

यस्ता छन् सेवा सुभिधा

कोहलपुर, बाँकेको कोहलपुरमा भेरी कर्णाली पोलिक्लिनिक सञ्चालनमा आएको छ । नगरपालिका वडा नं. ११ मा अत्याधुनिक सेवा सुविधा सहित भेरी कर्णाली पोलिक्लिनिक सञ्चालन आएको हो ।

करिब १ करोड बढीको लागतमा सन्चालनमा आएको पोलिक्लिनिकको बुधबार कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जु कुमारी चौधरी र उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेलले संयूक्त रुपमा उद्घाटन गरेका थिए ।

सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका बासीन्दाहरुलाई प्रभावकारी स्वास्थ सेवा प्रवाह गर्ने उदेश्यले पोलिक्लिनिक सञ्चालनमा ल्याइएको सन्चालक समितिका सदस्य रत्न बहादुर चन्दले जानकारी दिए ।

पोलिक्लिनकमा वरिष्ठ फिजिसियन विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा, हाड, जोर्नी, बाथ तथा नशा रोग विशेषज्ञ सेवा, सर्जरी सम्बन्धि (घाउँ, पिलो, गाँठा, गुठी, स्तन) बिशेषज्ञ सेवा, नाक, कान तथा घाँटी रोग सम्बन्धि बिशेषज्ञ सेवा, मानसिक रोग बिशेषज्ञ सेवा, ल्याब सम्बन्धि (रगत, दिसा, पिसाव, विर्य तथा हर्माेन) जाँच सेवा, भिडियो एक्सरे सम्बन्धि बिशेषज्ञ सेवा, डिजिटल एक्सरे,इ.सि.जि.,इन्डोस्कोपी सेवा, २४ सै घण्टा निःशुल्क परामर्श तथा स्वास्थ्य जाँच लगायतका सेवाहरु उपलब्ध हुने उनले जानकारी दिए ।

अस्पतालको तयारीमा रहेको क्लिनिकमा यस् क्षेत्रमा ख्यातिप्राप्त चिकित्सकहरु मध्य डा. शिशिर रेग्मी, डा. राजेश के.सी., डा. रामदास, डा.शुशिल योगी, डा. नबिन पौडेल, डा. अमृत झाँ, डा. देबेन्द्र आचार्य, डा. अनुप कार्की लगायतका चिकित्सकहरुबाट सेवा प्राप्त हुने पनि उनले जानकारी दिए ।