आकाश-धर्ती दुखेपछी के हुँदैन दुनियाँमा…!

गजल

भाइ-भाइ जुटेपछि के हुँदैन दुनियाँमा !
मुठ्ठी-मुठ्ठी उठेपछी के हुँदैन दुनियाँमा !

बग्न खोज्छ सधैं नदी, रोक्न खोज्छ किनाराले
आकाश-धर्ती दुखेपछी के हुँदैन दुनियाँमा !

एक्लै भएँ भन्छौ किन ? बोल्नुपर्छ ‘मिसन’ तिमी
तिमीले आगो फुकेपछि के हुँदैन दुनियाँमा !

दुनियाँलाई जित्छु भन्छौ, सार्छौ पाइला पछि-पछि
मिसन मिसन कुदेपछि के हुँदैन दुनियाँमा !

आफैंलाई फेर पहिला, फेर्न सक्छौ दुनियाँ यो
स्वयमलाई बुझेपछि के हुँदैन दुनियाँमा ।