पहिरोले घर पुरिंदा पति–पत्नीसहित तीनको मृत्यु, बर्षीय बालक बेपत्ता

पोखरा, पोखरामा अबिरल वर्षाले पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–११ भञ्ज्याङ नमुनाटोलका एक जना र पोखरा-२० भलामका दुई जनाको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

पोखरा २० भलामका स्थानीय कृष्ण श्रेष्ठको ब्लकले एकतले घरको माथिबाट पहिरो आई घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय कृष्ण श्रेष्ठ र उनीकी श्रीमती ३५ वर्षीय सुनमाया तामाङ छन् । उनका तीन वर्षीय छोरा बेपत्ता छन् ।

पोखरा–११ का लक्ष्य नेपालीको एकतले कच्ची घरमाथिबाट पहिरो आई घर पुरिँदा एक जनाको मृत्यु भएको छ । पहिरोले घर भत्किएर घाइते भएका ४२ वर्षीय लक्ष्य नेपालीको उपचारका क्रममा मृत्यु भएको छ । उनकी १४ वर्षीया छोरी सृष्टी नेपालीको दुबै खुट्टा र ढाडमा चोट लागेको छ । उनको श्रीमती र दुई छोरा सकुसल छन् । पोखरा–११ बसेरीस्थित एकदेब तिमिल्सिनाको घर पुरिँदा तीन जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।