तिमी निच म उँच हाम्रो साथ मिल्दैन…

गजल

तिमी निच म उँच हाम्रो साथ मिल्दैन,
तिम्रो घर मेरो महलको भात मिल्दैन।

मेरै भान्साको खाइ डकार्ने मान्छे पनि,
उसको दैलो टेक्दा भन्छ जात मिल्दैन।

मेरो बाबाको सिपले महल ठडिए पछि,
भन्यो झुप्रोमा बस्नेसँग औकात मिल्दैन।

मित्र भन्थ्यो सबै चल्थ्यो प्रदेश हुँदा मात्र,
देशमा प्रेम अनि ममताकै सौगात मिल्दैन।

कसले सिकायो धर्म नैतिकता उसलाई?
इश्वरलाई मेरो पानी मिल्दैन पात मिल्दैन।