मिसन नै रित्याएर भरूँ कसैको जीवन…

गजल

जिन्दगी खोज्दाखोज्दै जिन्दगी खेर जान्छ !
तिर्खामा जिन्दगी छ, नदी बगेर जान्छ !

केही त छोड प्रिया सम्झन चिनो भोलि
मान्छेको चोला भन्नू एकदिन ढलेर जान्छ ।।

बगाए जिन्दगीलाई भाग्छ अँध्यारो टाढा
बाँधेर हात बस्दा मिसन जमेर जान्छ ।।

मिसन नै रित्याएर भरूँ कसैको जीवन
दीयोले दिन्छ ज्योती आफू जलेर जान्छ !