“देश बिकाश गर्नुपर्छ भन्ने बिचार हुनुपर्छ”

गजल

देश बिकाश गर्नुपर्छ भन्ने बिचार हुनुपर्छ !
स्वाद लिन भएपनि सितन संग अचार हुनुपर्छ ।

अहिले सम्म पनि कहिकतै अन्धकार नै अन्धकार छ
त्यसैले जताततै उज्यालो छर्न सिएफएल बत्ति हुनुपर्छ ।

समय समयमा कोलाहल अपराध हुने गर्छ
बिस्तारै बिस्तारै जहाँ पनि शान्ति अनि स्वतन्त्र हुनुपर्छ ।

बिश्वभरीको घटनालाई हेर्न अनि सुन्नको लागी
टोल अनि चोकचोकमा संचारको बिकास हुनुपर्छ ।

सानो मुलुक भनेर जस्ले पनि हेप्न्ने गर्छन्
अब छिटै संसार भरीकै अब्बल हुनुपर्छ ।