गायक तथा सङ्गीतकार विष्णु खतिवडाको तिज गित सार्वजनिक

गायक तथा सङ्गीतकार विष्णु खतिवडाको तिज गित सार्वजनिक भएको छ । फ्लोरिना फिल्मस् प्राइभेट लिमिटेडको प्रस्तुति रहेको “पुतली फुइ फुइ नाच बरिलै” शिर्षकको तिज गित गज्जबको टिभि नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

उक्त गितमा विष्णु खतिवडा, विशम अर्याल र मेनका परियारको आवाज रहेको छ भने स्वयम् विष्णु खतिवडा र विशम अर्यालको शब्द रहेको छ । त्यसै गरि सञ्जय श्रिपालको एरेन्ज रहेको छ भने सङ्गीत भने विष्णु खतिवडाको नै रहेको छ । त्यसैगरि उक्त गितको भिडियो पनि उत्कृष्ट बनेको छ ।

दिप सागरको निर्देशनमा बनेको भिडियोमा  जि.के. ले क्यामेरा गरेका छन् भने मोडलहरुमा मेनका परियार, दिलिप राई, विजय बि.सी., रिया पन्त र मोहन भण्डारी रहेका छन् । गायक तथा सङ्गीतकार विष्णु खतिवडाले हरेक वर्ष तिजको अवसरमा यस्तै मिठो कोसेलिहरु ल्याउँदै आएका छन् । नेपालि कला र संस्कुतिलाई जगेर्ना गर्नको लागि र गित संगितमा नयाँ आयाम दिनको लागि आफु दत्तचित्त भएर लागि पर्ने विष्णु खतिवडाले बताएका छन् ।