बदमास निस्कियो

गजल

मनको मान्छे जो हो एकदम बदमास निस्कियो ।
टाढाको मान्छे मनको बरू आसपास निस्कियो ।

एउटा दुश्मन सरकार हो सुकुम्बासीहरूको ।
सुकुम्बासीको अर्को दुश्मन बतास निस्कियो ।

जस्लाई मेरो हुँदै होइन भन्थे हिजो सम्म मैले ।
आज त्यहीँ मेरो मान्छे बनेर खास निस्कियो ।

उसको जिन्दगीलाई एउटा उपन्यास हो भन्थे ।
मेरो जीन्दगी पनि वास्तबमा उपन्यास निस्कियो ।

परदेश हिड्दा पैसाको बाकस ल्याउछु भन्थ्यो ।
आउदा पैसा आएन बाकसबाट लास निस्कियो ।