किन गर्ने श्रावण महिनामा शिवजीको आराधना

फ्नो र आफनो सबै परिवारको कल्याण चाहने व्यक्तिले सके दैनिक,नसके प्रदोषको समयमा,त्यतिपनि नभए श्रावण महिनामा (जुन शिवको महत्व भएको महिनामा मानिन्छ) मा आफनो अनुकुलता हेरेर शिवबास जुराई रुद्राभिषेक गर्नु आवश्यक मानिन्छ । यसो गरेमा यो लोक र परलोकमा समेतमा सुध्रिन्छ । सनातन वैदिक हिन्दु धर्मले अत्यन्त विविधता र व्यापक अलेको छ । त्यसैले यहाँ हिन्दु धर्मलम्बिहरु ॐ कार परिवार आफनो परिस्थति र अभिरुची अनुसार व्रतलिने, अनुष्ठा गर्ने,चाडपर्वहरु मनाउने परिपाटी सनातनकाल देखि नै प्रचलित छ । तर आजको २१ औं शताब्दिको समयमा पाश्चात्य संस्कार तथा हावा अनि हवालाको कारण दशै दिशा तर्फ अतिवेग बर्षिएको छ । पाश्चात्य सं-सकार तथा पहिरन मात्र होईन संस्कारको फलस्वरुप अति वेगले बहिरीरहेको परिपाटीमा यहाँ पाश्चात्य शिक्षाको पनि अति प्रयोग भईरहेको हामी प्रत्यक्ष रुपमा भोगीरहेका छौं ।

जसको कारण सो हावाको वेगले बढि देवता,बाबु,आमा, गुरु,मान्यजन आदिको उपेक्षा गर्ने, सनातन धर्मप्रति अनास्था जगाउने,सनातनलाई धर्म तथा कर्मप्रति आस्था नगर्ने वातावरण समेत सिर्जना भईरहेको छ।आदिम काल देखि मान्दै अनि चल्दै आएको आर्य परम्परा तथा संस्कृति र संस्कारलाई धक्का लगाउने काममा हामी निकै तत्पर समेत भएका छौं । यो सब कारण वा जड शुत्र नै पाश्चात्य शिक्षाको प्रभाव हो। आजको समयमा आध्यात्मिक उन्नतिको साथै भौतिक उन्नति भएमात्र सबैलाई राम्रो अनि कल्याण हुने कुरा तर्फ हाम्रो ध्यान जानु जरुरी देखिन्छ। यो ध्रुर्व सत्य कुरा हो यसलाई कुनै पनि मानिसले बाहिर नकारे पनि भित्री रुपमा भने स्वीकारेको हुन्छ। बाहिर आफनो सिद्धान्तले भन्न नसकेपनि भित्री रुपमा भने हे भगवान भनेको हुन्छ । आर्य सदाचार तथा संस्कृति दत्तचित्त हुनु नितान्त आवश्यक छ। हाम्रो धर्म संस्कृति नरहे हामी पनि त रहनै छैनौ अनि हाम्रो अस्तित्व पनि रहने छैन । यो अत्यन्त र नितान्त ध्रुर्व सत्य आधार हो। शिव भजन जय जय शिव शंकर जयजय भोला नाथ ।

तिम्रै पाउमा शरण पर्छु झुकाएर शिर । दुखकष्ट हर सारा जनको । अहंकार हटाएर सारा मनको । बाघको छाला नागको माला त्रिशुल डमरु। शिव तिम्रो महिमा आर्यधणर्न कसरी गरुँ । जय जय शिव शंकर जयजय भोला नाथ प्रभु यो मेरो जुनीलाई पार लगाईदेऊ । मेरा मनका मैलाहरु पखालेर ज्ञानको सागर जगाईदेऊ। चरण परेँ हे प्रभु मेरा दुई हातहरु जोडेर। तिम्रै साथमा राख मलाई प्रभु नजाउ कतै छोडेर । जय जय शिव शंकर जयजय भोला नाथ । तारकं ब्रह परमं शिवमित्यक्षरद्धयम् । नैतस्मादपरं किञ्चित् तारकं ब्रह सर्वथा । शिव यो दुई अक्षर भएको नाम नै परब्रह स्वरुप एवं तारक हो । यसबाट भित्र अर्को कुनै तारक छैन । अतः जसको जिब्रोमा सदैव कल्याणप्रद शिवको नाम रहन्छ । उसको बाहिरी तथा भित्री दुबै शरीर शुद्ध हुन जान्छ। जुन मानिस तीर्थमा भस्म, गोबर अथवा बालुवा बाुवाको शिवलि· बनाएर एकपटक भएपनि उसको विधि सहित पूजा गर्नाले मानिसहरु सन्तानले परिपूर्ण,धन धान्य, विद्या, सदबुद्धि, दीर्घायु र मोक्ष पाउँदछन् । जुन मानिस शिव शिव यी दुई अक्षरको उच्चारण गर्दै प्राण त्याग गर्दछ भनेर ऊ आफनो करोडौ जन्मको पापबाट मुक्त भएर शिवलोकमा शिवलोकमा निवास गर्न पाउँदछन् ।

वास्तवमा हिन्दु भएर जन्मनु केवल संयोग मात्र होईन कि पूर्व जन्मको संस्कार तथा फल पनि हो अनि भगवानको विशेष अनुकम्पा पनि हो । जन्मनु र मर्नु पनि त भगवानकै अनुकम्पा पनि हो । यो भगवानको ईच्छाद्धारा प्रारब्ध कर्म अनुसारको कार्य हो । श्रृष्टि, सम्भार र सम्हार गर्ने र यस क्रमलाई निरन्तरता दिने अदृश्य एवं अद्धैत शक्तिको नाम नै भगवान हो त्यसकारण पनि यो श्रावण महिनामा शिवजीको आराधनाको आवश्यकता पर्दछ । हिन्दु धर्मले आफना धर्मलम्बिहरुलाई मद्यपान, धुम्रपान तथा सुर्तिपान लाई निकै बर्जित गरेको छ । किनकि यसले स्वास्थ्यलाई हानी समेत गर्दछ र त भनिएकोछ कि धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ । यो कुलत प्रवृति पनि हो । यसले घर परिवारमा फाटो, झगडा तथा आलष्यता र बैमनष्यता समेत ल्याउने काम गरेका प्रमाणहरु स्वयं छौं । यो सेवन नगरेर आध्यात्मिक चिन्तनमा लाग्दै समाजपयोगी कार्यमा दत्तचित्त भएर लाग्नु अति उत्तम उपाय पनि हो । जसले मानवीय स्वास्थ्यलाई स्वच्छ, स्वस्थ तथा आरामी जीवन यापन गर्न मद्धत गर्दछ । यो अपरिहार्य आधार भएकोले भगवानको आस्था गर्नु आजको आवश्यकता पनि छ । हामीले हाम्रो खानपिन, आहार विहारमा विस्तारै विस्तारै क्रमिक रुपमा सात्विक आहार विहार गदै जानु आजको आवश्यकता छ ।

जसबाट बोली,वचन, शिक्षा, दीक्षा एवम् सभ्यताको प्रगति हुदै आध्यात्मिक र भौतिक जीवनमा समन्वय भई घर परिवार, गाउँ, समाज, समुदाय, नगर, जिल्ला तथा प्रदेश र देशको विकास तथा कल्याण हुने कार्यमा निकै सहयोग गर्दछ । त्यसकारण पनि श्रावण महिनामा संस्कार तथा संसकृति जोगाउन एवं मानिसमा खुशी तथा आराधना गरेर आफु तथा आफनो परिवारलाई क्रियाशिल कर्ममा लाग्ने वातावरण तयार गर्न तथा मनको शान्ति एवम् आनन्दमय जीवनयापनको लागि शिवजीको आराधना गनु अनिवार्य जस्तै रहेको छ । सनातन वैदिक धर्म र सदाचारको चौतर्फी विकास गर्दै सम्पूणर् सामाजिक दायित्व राज्य व्यवस्थाबाट हुनु पर्ने हो । हाम्रो समाजमा माता पिता, गुरुवर्ग तथा विद्यार्थीहरु, साथि भाइ र आफन्त ईष्टमित्र सबै निहित रहेका हुन्छन् । आज राज्यमा अशान्ति छ । अस्वस्थ प्रतिपर्धा छ तथा त त अनि म म तथा गाली गलौच, घोचपेच एवम् घमण्डले निकै जरा गाडेको अवस्था छ । बैमनष्यता तथा अहंकारको दम्भ पनि त्यतिकै छ । मानिसहरु सधै पृथ्वीमा रहने वा बाँचिरहने जस्तो गर्न थालेका छन् ।

जीवनको अस्तित्व कहाँनेर सकिन्छ त्यो बुझेर पनि अहँकारी भावना अंगिकार गर्न पछि परेको छैन । माता पिता, गुरुवर्ग तथा विद्यार्थीहरु, साथि भाइ, आफन्त ईष्टमित्रलाई सहि सन्देश तथा विद्यार्थीहरुलाई आवश्यक र जीवनोपयोगी शिक्षा प्रदान नगरेर यो वातावरण देखा परेको कुरामा कसैको पनि दुई मत छैन । समाजका बुद्धिजिवी भनाउदाहरु आडमबरी, एकलकाटे, लिंडेढिपी अनि वेफुकको भनाईहरु राखिरहेका छन् । विद्यार्थीहरु द्धैत चरित्रका छन् यसो भएमा के हामी र हाम्रो अस्तित्व रहला रु के सनातन धर्महरुको अस्तित्व रहला रु आजको समयमा सबैले यस तर्फ सोच्नु अति आवश्यक भएकोले पनि श्रावण महिनामा शिवजीको आराधना गर्नु अति आवश्यक छ । कुलत, कुविचार, अनाचारबाट हरेक वयक्ति, गाउँ, समुदाय, समाज, नगर, प्रदेश तथा राज्यमा गुरु, नेता, बुद्धिजीवी, विद्यार्थीहरु आदि टाढा रहदा अति राम्रो हुन्छ यो कल्याणकारी पनि हो अनि यसले समाज विकासमा निकै मद्धत गर्दछ । अतः धर्म, ईश्वर, कर्म तथा सत्कर्मप्रति उन्मुख हुनु, स्मृति मात्र हो । यसबाट भक्तिभाव राख्दै आफनो कर्तव्य सम्झिदै अगाडी बढ्नु पर्ने हुन्छ । श्रीपशुपतिनाथ शिवप्रति उन्मुख हुनु पनि यसको उदाहरण हो ।

यहाँ रुद्राभिषेक पद्धति, शिवपुजा र आराधना, जन्मोत्सव, प्रदोष व्रत, श्रावण महिनामा शिवपर्वमा गर्नू पर्ने यो महिनाको आवश्यकता हो । जसको कारण विशेष देखि समाजका सबै व्यक्ति समेत लाई आचरण, उचित बाटोमा लाग्नका लागि शिवभक्तिका साथ देश विकासमा अवश्य पनि सबै सहभागी हुन र गराउन यसको अस्तित्व रहेको छ । यो महिनामा साक्षत जल तर्पणम् यसरी गर्ने कि ॐ भवं तर्पयामि, ॐसर्व देवं तर्पयामि, ॐ ईशानं देवं तर्पयामि, ॐ पशुपतिं देवं तर्पयामि, ॐ उग्रं देवं तर्पयामि, ॐ रुद्रं देवं तर्पयामि, ॐ भीमं देवं तर्पयामि, ॐ महान्तं देवं तर्पयामि, ॐ भवष्य देवष्य पत्नीं तर्पयामि, ॐ सर्वष्य देवंं तर्पयामि, ॐ ईशानष्य देवष्य पत्नीं तर्पयामि, ॐ पशुपतेदेवष्य पत्नीं तर्पयामि, ॐ उग्रष्य देवष्य पत्नीं तर्पयामि, ॐ रुद्रष्य देवष्य पत्नीं तर्पयामि, ॐ भीमष्य देवष्य पत्नीं तर्पयामि र ॐ महतो देवष्य पत्नीं तर्पयामि भनेर तर्पण गर्ने । पत्रं वा यदि वा पुष्पं फलं नेष्टमधोमुखम् । यथोत्पन्नं तथा देयं बिल्वपत्रममधोमुखम् ।। भनेर १०८ पटक तीनवटा पात भएको बिल्वपत्र चढाउने ।

श्रावण महिनामा चारैतिर हरियाली हुने, विभिन्न किसिमका सर्पहरुको भय हुने, विभिन्न खालका किरा फटेग्राहरुको भय हुने गर्दछ । यो महिनामा अत्याधिक वर्षा समेत हुने र मानिसहरु काम जाने क्रममा भिज्ने, रुज्ने गर्दछन् जसको कारण पनि शरीर निकै कमजोर भएकोले विभिन्न रोगले आक्रमण समेत गर्ने गर्दछ त्यसैले आराधनागर्नु नै अतिउत्तम रहने छ । यो महिना शरीर गर्मीको कारण शिथिल भएको हुन्छ । अत्याधिक मात्रामा कामको बोझ पनि परेको हुन्छ । स्वास्थ्यमा विविध समस्याहरु आउने गर्दछन् जसको कारण हामीले खाने आहारविहारलाई हाम्रो शरीरले सहजै पचाउन सक्ने अवस्था रहदैन । त्यसकारण पनि हामीले यो महिनामा माछा मासुको सेवनगर्न हुदैन भनिएको छ । किनकि यो महिनामा शरीर पनि शिथिल हुने भएकोले सजिलै पचाउन सक्ने अवस्थामा हुदैन र सक्दैन पनि । त्यसकारण यसको सहजताको लागि पनि यो महिनामा शिवजीको आराधना गर्नु आवश्यक छ । जसले गर्दा माछा मासुको सेवन हुदैन । आज भोली त कोभिड १९ को प्रभाव पनि छ । जोखिम कायम छ, सामाजिक दुरी कायम गर्नु छ, संक्रमण घटेको छैन तर पनि सरकारले खुल्ला गरेको छ त्यसैले भगवानको आराधना गर्दा विशेष ध्यान दिनु पर्ने हाम्रो बाध्यता पनि रहेको छ ।
निष्कर्षमा भन्नु पर्दा शिवजीको आराधना गर्न ब्रहमण राखेर धुलधाम गर्नुपर्ने बाध्यता छैन । यो वर्षको श्रावण महिनामा ५ वटा सोमबार समेत परेका छन् ।

अति उत्तमको महिना छ । सोमबार व्रत बसेर शिवजीको आराधना गरौ । राष्ट्रकल्याण तथा समाज कल्याणको कामना गरौ । झै झगडा, डाह तथा ईष्र्याको अन्त्य गरौं मानवको कल्याण हुने वावरणको कामना गरौ तथा सकारात्मक सोचको विकास हुने खालको सोचाई र चिन्तन तर्फ लैजानाको लागि पनि पुजाआजा गर्नु राम्रो मानिन्छ । हामी र हाम्रो समाज हिन्दु लगायत विभिन्न धर्मको बाहुल्यता छ । सबै धर्मलम्बिहरुको आस्था अनि विश्वास समान खालको छ । श्रृष्टिमा भगवान एउटै तर आस्था मात्र त फरक हो । मान्य प्रवृति मात्र त फरक हो अनि चिन्तनशैली सबैको आस्था हो । त्यसकारण सबैको कल्याण हुने कार्यमा लाग्नु सबै विचार तथा आस्थाका मानिसहरुको कदर गर्नु हो । म भन्दा पनि हामी भन्ने भावनाको विकास गरौ । मेरा भन्दा पनि हाम्रो भावनाको विकास गरौ । भाग्यमा त के छ के छैन तर लेखेको मेटिने छैन भने देखेको हामीले पाउने पनि छैनौ त्यसकारण कर्मप्रति विश्वास गर्दै आधुनिक समाज विकासका लागि धुम्रपान, मध्यपान, सुर्तिपान मात्र होईन रिस, डाह, ईष्या भावनालाई अन्त्य गर्नका र आनन्दमय सोच, आस्था, मनको भय तथा भगवानको पुजा अर्चना गरेको छु अब म र मेरो परिवार अनि सनातन एव्म् ईष्टमित्रलाई केहि हुदैन भनेर सकारात्मक चिन्तनको विकास गर्नका लागि पनि श्रावण महिना अन्य महिनाको तुलनामा शिवजीको आराधना गर्ने उत्तम समय हो । अर्को कुरा केहि यो फुर्सदिलो महिना पनि हो ।

यो चाडपर्वहरु सुरु हुने महिना पनि हो । यो संस्कार तथा संस्कृतिको जगेर्ना गर्ने महिना पनि हो । अरुको अपहेलना नै अहंकार र दम्भ हो यसले कसैको कल्याण समेत गर्दैन । तर आफुलाई भित्र भित्र कमजोर गराई रहेको हुन्छ । त्यसकारण यो महिनामा शिवजीको पुजा आजा, व्रत आराधना समेत गरेर हिन्दु संस्कारको जगेर्ना गरौ शिव भजन गरौ आउनुहोस कति पनि ढिलो नगर्नु होस यसैमा हाम्रो अस्तित्व छ । यहि अस्तित्वको खोजी नगर्दा आज संसारमा मानिसले कोभिड बाट निकै कष्ट व्यहोर्नु र अकालमा ज्यान गुमाउनु परेको छ । त्यसकारण भगवानको अपहेलना नगरौ र गर्ने कोशिस पनि नगरौ । नेपाल बहु विविधता भएको देश हो । यहाँ सहु धर्म संस्कृति पनि छ । सबैको समान अस्तित्व कायम गर्नु पनि आवश्यक छ । यी अस्तित्वलाई शिक्षाको माध्यामबाट आम नागरिक, सिकारु, सहभागी तथा जीज्ञासुको व्यवहार समेत परिवर्तन गर्न गराउन सकिन्छ । यस्ता सबै आधार अनि मूल्य र मान्यतालाई विद्यालय शिक्षा देखि विश्वविद्यालय तहको शिक्षा वा उच्च शिक्षामा समावेश गर्नु अनिवार्य जस्तै रहेको छ । जसको कारण हामी तथा हाम्रो देशको अस्तित्व तथा समग्र मानिसको अस्तित्व समेत रहने गर्दछ । उच्च शिक्षामा यसको कमी रहेको छ । ॐ जय शम्भो ॐ जय शिवशंकर भगवान ॐ जय जय करुणाराशी ॐ जय भोलेनाथ । अस्तु 

लेखकः मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर,बाँके पाठ्यक्रम तथा मूल्याङ्न विभागका विभागीय प्रमुख तथा वैदिक धर्म परिषद नेपाल बाँकेका सचिव पनि हुनु हुन्छ ।