कांग्रेसको नेता पौडेल पक्षको बैठक बस्दै

काठमाडौं,नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक बस्ने भएको छ ।  क्रियाशील सदस्यता विवाद,आगामी महाधिवेशन र सरकारका विषयमा छलफल गर्न बैठक बस्न लागेको एक नेताले बताएका छन् ।

बैठक दिउँसो २ बजेपछि नेता प्रकाशमान सिंहको निवास ठमेलमा बस्ने तय भएको प्रकाशमानको सचिवालयका एक सदस्य युपी लामिछानेले जानकारी दिए । कांग्रेसमा क्रियाशील सदस्यताको विवादका कारण आगामी भदौमा तय भएको १४ औं महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको छ ।

यसपटक महाधिवेशन गर्नैपर्ने बाध्यताका बीच पार्टी सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए । देउवा सरकार सन्चालन र महाधिवेशन दुवैको दबाबमा छन् । प्रधानमन्त्री पद सम्हालेको तीन साता कटिसके पनि उनले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।