दार्चुलाको घटनाप्रति जन-समाजवादी मञ्चको आपती

दोषीलाई कार्वाही तथा पिडितलाई न्यायको माग

सुर्खेत,दार्चुलाको व्यास गाउँपालिकामा २ मालघाटमा तुईन तरेर भारत जाने क्रममा भारतिय एसएसवीले तुईन काटेर मृत्यु भएका जयसिंहको घटनाप्रती जन समाजवादी मञ्चले आपती जनाएको छ। 

आइतवार एक प्रेश विज्ञप्ति जारी गर्दै उक्त घटनाको सत्य तथ्य छानविन गरि दोषिलाई कडाभन्दा कडा कार्वाहीको माग र पिडित सिंहको परिवारलाई न्याय र उचित क्षतिपुर्तिको लागि तत्काल पहल परिनुपर्ने उल्लेख गरेको छ ।

जन समाजवादी मंञ्च नेपालका संयोजक कृष्ण प्रशाद धमलाका अनुसार भारतिय पक्षले अहिलेसम्म कुनैपनि प्रतिक्रिया नदिएको र नेपाल सरकारले पनि उचित ढंगले पहल नगरेको आरोप समेत लगाएको छ ।

 पिडित धामी परिवारको लागि नेपाली आमा,बुवा,दाजुभाई दिदी वहिनीलाई एकढिक्का भएर लाग्न पनि अपिल गरिएको छ ।