कायम मुकायम प्रधानसेनामा प्रभुराम शर्मा नियुक्त

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले बालाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी छिन् ।सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले बालाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘ नेपाली सेनाका प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाको तीन वर्षे पादवधि मिति २०७८/५/२४ गतेबाट समाप्त हुने भइ अनिवार्य अवकाश पाउने र नीत मिति २०७८/४/२५ गतेबाट घरबिदामा बस्‍नु हुने भएकाले हाल जेष्ठ्ताका क्रममा रहेका ब्य नं १३५३ बालाधिकृत रथी श्री पर्शुराम शर्मालाई सैनिक ऐन,२०६३ को दफा ९३० अनुसार नेपाल सरकार मन्त्रिपरिषद्‌को मिति २०७८/४/१२ गतेको निर्णबाट सिफारिस भए बमोजिम मिति २०७८/४/६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायम मुकायम प्रधानसेनापति तोक्नु भएको छ ।’