सुर्खेतमा निषेधाज्ञामा थप कडाइ हुँदै

सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निषेधाज्ञामा थप कडाइ गर्न थालिएको छ । कोरोना संक्रमितको सक्रिय संख्या पाँच सय बढी नाघेपछि स्थानीय प्रशासनले निषेधाज्ञालाई थप कडाइ गर्न लागेको हो । 

जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्दै गएपछि निगरानी बढाउँदै पसल खोल्ने समय तय गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।उनकाअनुसार कोरोना महामारीको भहावह रोक्न निषेधाज्ञाको मोडालिटीमा केही कडाइ गरिएको हो ।

तर वीरेन्द्रनगरमा खाद्यन्न लगायतका अन्य पसलहरु भने आज ९आइतबार० देखि विहान ९ बजेबाट साँझ ६ बजेसम्म पसल खोल्ने निर्णय गरिएको छ । औषधी तथा औषधीजन्य पसल, पेट्रोल पम्प २४ घण्टा र तरकारी, फफुल तथा दुधजन्य पसलहरु दैनिक विहान ६ देखि साँझ ६ बजेसम्म खोल्न सकिने स्थानीय प्रशासनद्वारा जारी आदेशमा उल्लेख छ । यसो त निधेषज्ञा सुर्खेतमा साउन २२ गते रातीसम्म जारी गरिएको छ ।