गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा गुरुङ बिजयी

काठमाडौँ,गैर आवासीय नेपालि संग (एन आर एन ए)अस्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ बिजयी भएका छन। शनिबार सम्पन्न निर्वाचनमा ८५८३ मत सहित गुरुङ आगामी दुइ वर्षका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी डाक्टर ज्ञानेन्द्र रेग्मीले ४८७९ मत प्राप्त गरेका थिए भने कोही पनि छान्दिन भन्नेमा ७४४ मत परेको थियो । अध्यक्षमा निर्वाचित भए पश्चात आफुलाई मतदान गर्ने सम्पूर्ण मतदाताहरुमा धन्यवाद ज्ञापन गर्दै गुरुङले आफ्ना प्रतिवद्धताहरुबाट पछि नहट्ने पनि बताए ।

एन आर एन एको आफ्नै कार्यालय स्थापना गर्ने र कुलतमा फसेका युवाहरुलाई सहि बाटोमा ल्याउन काउन्सिलिङ्ग सेसनहरु संचालन गर्ने मुख्य एजेन्डासहित गुरुङ चुनावी मैदानमा होमिएका थिए । उनि न्यु साउथ वेल्स राज्यका पुर्व संयोजक समेत रहेका थिए । सन् २०२१-२३को कार्यसमितिमा महासचिवमा राजु बाबु अधिकारि,सचिवमा सन्ध्या शाह,संयुक्त कोषाध्यक्षमा राजकुमार नगरकोटी,नारि निकुञ्ज संयोजकमा मंजु खड्का र युवा संयोजकमा बबिन मिश्र निर्वाचित भएका छन् । यस्तै शनिवारनै सम्पन्न निर्वाचनले एन आर एन एको केन्द्रिय निर्वाचनका लागि प्रतिनिधि पनि छानेको छ ।

निर्वाचित केन्द्रिय प्रतिनिधिहरुमा बुद्धि डल्लाकोटी, परशुराम अधिकारि, प्रज्वल भट्टराई, सुर्य खनाल,प्रवेश राज घिमिरे, राजेश बुढाथोकी र प्रेम कंडेल रहेका छन् । त्यस्तै राज्य र केन्द्र बीच समन्वय कायम गर्ने राज्य संयोजन समितिहरुमा पनि प्रमुख संयोजक सहित सबै पदाधिकारीहरु निर्वाचित भएका छन् । अस्ट्रेलियन क्यापिटल टेरिटोरीको संयोजकमा अशोक बस्नेत, न्यु साउथ वेल्समा देव गुरुङ,नर्थन टेरिटोरीमा बिष्णु चापागाईं,क्विन्सल्याण्डमा बिनोद भक्त आचार्य, साउथर्न अस्ट्रेलियामा रेनुका लामा, तास्मानियामा राकेस शाक्य, भिक्टोरियामा राम हरि खड्का र वेस्टर्न अस्ट्रेलियामा दिपक बस्नेत संयोजकका रुपमा निर्वाचित भएकाछन।नेपालि बिध्यार्थिहरुमा सर्वाधिक चासोको बिसय बनेको न्यु साउथ वेल्स राज्यको युवा संयोजक पदमा बिक्रम दाहाल बिजयी भएका छन ।

आफ्ना निकटतम प्रतिद्वन्द्वी कलाम खड्का भन्दा ६ सय ८८ मत बढी पाएर उनि बिजयी भएका हुन् भने कसैलाई पनि छान्दिन भन्नेमा १ हजार २५ मत परेको थियो । परिणाम घोषणा भए लगत्तै खड्काले दाहाललाई शुभकामना दिएका छन् ।“हारजित चुनावी खेल नै हो। बिक्रम जीले नेपालि बिध्यार्थिहरुका समस्या पहिले देखि नै सम्बोधन गर्दै आउनु भएको हो । अब एन आर एन बिध्यार्थीहरुको पनि हो भन्ने उदाहरण उहाले बसाल्नु हुनेछ भन्ने बिस्वास लिएको छु, उहालाई सफल कत्यकालाको शुभकामना । ” खड्काले भने।यस्तै बिजयी दाहालले पनि आफुले युवाहरुको उत्थानमा काम गर्ने प्रतिबद्धता जनाएका छन ।

“पहिलो पुस्ताका नेपालि बिद्यार्थी र यहि जन्मिएका दोश्रो पुस्ताका नेपालि युवाहरु बीच समन्वय कायम गर्नु मेरो मुख्य उद्देश्य हुनेछ । यस संगै सामाजिक, सांस्कृतिक र खेलकुदका कार्यक्रम आयोजना गर्दै आत्मियता बढाउने त अनिवार्य कार्य नै भयो । कार्यकाल सक्किदा सम्म केहि उल्लेखनिय नतिजा हेर्न पाउनु हुनेछ । ”उनले भने । दाहालले नेपालमा कोरोनाको दोश्रो लहर चलिरहदा नेपालि बिध्यार्थीहरुको तर्फबाट नेपालमा अक्सिजन कनसन्ट्रेटर पठाउने अभियानमा मुख्य भूमिका खेलेका थिए । एनआरएनएको शनिवार सम्पन्न चुनावमा ९२ दशमलव ९२ प्रतिसत मतदान भएको थियो ।