मैलुङ खोला जलविद्युत आयोजनाको आईपीओ खुला

काठमाडौं,मैलुङ खोला जलविद्युत कम्नीले ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ आज साउन १४ गतेबाट खुला गरेको छ ।

आईपीओ सर्वसाधरणका लागि ६ लाख ८४ हजार ७४६ कित्ता छुट्याइएको जनाएको छ । यो कम्पनीले कुल ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको छ।

प्रतिकित्ता एक सय रुपैयाँ अङ्कति कुल सात करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको सात लाख ३६ हजार २८६ कित्ता आइपिओ निष्कासनको लागि असार २३ गते धितो पत्र बोर्डबाट अनुमति पाएको थियो । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म खरिदका लागि आवेदन दिन सकिनेछ ।