एमयुमा राजनितिकरण र भ्रष्टाचार हुन दिन्नः उपकुपति सिंह

सुर्खेत,मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा नन्द वहादुर सिंहले आफु रहुन्जेलसम्म यो संस्थामा भ्रष्टाचार हुन नदिने बताएका छन् । एमयुमा भएको आन्दोलन तथा त्यसको समाधानको बारेमा जानकारी दिदै डा. सिंहले यस्तो बताएका हुन् ।डा सिंहले आफु उपकुलपतिको जिम्मेवारी हुनुभन्दा पहिला एमयु कहिले नउठ्ने गरेर वेरोजुमा डुवेको बताउदै अहिले सो कुरा न्युनिकरण गर्दै ल्याएको बताए ।

अव यहि रफ्तारमा कामहरु भए अवको ४ बर्षमा संस्थालाई मुनाफामा लिने दावि समेत गरेका छन् । राजनैतिक पार्टिका आडमा आन्दोलन,तोडफोड गरिनु निन्दनिय छ । तोडफोड गर्नेबिरुद्ध कार्वाही प्रक्रिया थालिने बताए ।वार्ता प्रक्रिया चलिरहेको वेला हिजो साँझ ५ः४२ मा केहि व्यक्तिहरुले आफ्नो निजि निवासमा तोडफोड गरेको  बताए ।

गाडि तथा झ्यालको सिसामा क्षति समेत भएको भन्दै अव मुद्धा प्रक्रियामा जाने जानकारी समेत दिए ।आन्दोलित रहेका प्राध्यापकहरुप्रति लक्षित गर्दै उपकुलपति सिंहले भने तलव मध्यपश्चिम विश्वविद्यालयको खाने तर काम भने निजि कलेजमा गर्नेका माग कदावि पुरा नहुने तथा उनिहरुलाई कार्वाही गरिने बताए । वार्ता टोलीका संयोजक लिलाधर तिवारीले भने एक दुई चरणमा वार्ता सम्पन्न भएको छ ।

सकारात्मक ढंगवाट अघि बढिरहेको बताए ।उपकुलपति डा सिंहका अनुसार अवको चार बर्षमा उच्च स्तरको जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ आफु अघि बढेको र यस्तो भएको हेर्न नचाहानेहरु उकुसमुकुस भएको समेत वताए । कार्यक्रममा वार्ताटोलीका सदस्य,प्राध्यापक तथा पत्रकारहरुको वाक्लो उपस्थिती रहेको थियो ।