एमयुमा प्राध्यापकहरुको निरन्तर आन्दोलन

सुर्खेत,मध्यपश्चिम विश्वविद्यालयमा नेपाल राष्ट्रिय प्राध्यापक संगठनले निरन्तर आन्दोलन गरिरहेका छन् । आफ्ना मागहरुलाई तत्काल संम्वोधन गरिनुपर्ने भन्दै आन्दोलनलाई निरन्तरता गरिरहेका छन् । क्याम्पसका भिसीले आफुहरु र अध्ययनरत विद्यार्थीहरुलाई शोषण गरेको आरोप समेत लगाएका छन् ।

 पुर्व योजना अनुरुप आन्दोलनलाई निरन्तरता दिदै नेपाल राष्ट्रिय प्राध्यापक संगठनले क्याम्पसका उपकुलपति नन्द वहादुर सिंहको कार्यशैलीको चर्को बिरोध जनाएका छन् । क्याम्पसमा बिद्यार्थीले पाउनुपर्ने सेवा उपकुलपतिले कटौती गरेको आरोप समेत लगाए ।

क्याम्पसको पठनपाठन ठप्प पारेर आन्दोलित हुनुपर्ने विद्यार्थीको भविश्यमाथी खेलवाड गर्ने मनाशय आफुहरुको नरहेको जिकिर गर्दै तत्काल बिद्यार्थी,प्राध्यापक तथा कर्मचारीका जाहेज मागहरु संम्वोधन गरिनुपर्ने प्राध्यापक भिम वहादुर खड्काले वताए । खड्काका अनुसार जाहेज मागहरुको तत्काल संम्वोधन नभए अफ थप क्षति व्यहोर्नु पर्ने चेतावनी समेत दिए ।

कोरोनाले सिथिल वनेको शैक्षिक क्षेत्र पुनः आन्दोलन र धर्नाको चपेटामा परेको छ । क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुको भविश्यमानै प्रश्न चिन्ह खडा भएको छ ।