”गुरु”

कविता

हाम्रो दोस्रो अभिभावक
भनेर चिनिने हाम्रो गुरु
कहिले पनि ढिलो नगरी
गर्नु हुन्छ सुरू 
कक्षा भित्र सिकाउनहुन्छ
नयाँ नयाँ कुरा
त्यही कुराले गर्छ
हाम्रो सबै सपना पुरा ।

गला सुकाई सुकाई पढाउनुहुन्छ
हामिलाई
ज्ञान बिज्ञानका कुराहरू सिकाउनु हुन्छ
राम्रो मान्छे बनाउनलाई ।

राम्रो राम्रो बानी सिकाउने
सिकाउने राम्रो कुरा
पढाइमा केही कमी छ भने
त्यो पनि गरिदिनुहुन्छ पुरा ।

आफु जलेर वा पग्लेर
हामीलाई उज्यालो छर्नुहुन्छ
हामी सबैलाई एक मानी
राम्रो व्यवहार गर्नु हुन्छ ।
सुक्ला सागरको पानी
तर
सुक्दैन ज्ञानको सागर
हजुरहरू जस्तो मान्छे हुनुहुन्छ
जहिले अमर !!