सन्दर्भ गुरूपूर्णीमा

गुरुब्रहा गुरुविष्णु गुरुदेवो महेश्वर :  गुरु साक्षत परब्रह : तस्मै श्री गुरुवे नम :  हिन्दु धर्मको हरेक ग्रन्थमा गुरुरुलाई यसरी चर्चा गरिएको पाईन्छ । गुरु साक्षत श्रृष्टिकर्ता भगवान ब्रह, संहार कर्ता भगवान विष्णु तथा भगवान महेश्वर सरह हुनुहुन्छ यसखालको दर्जायुक्त गुरुदेवलाई मेरो हार्दिक नमन साथै गूरुदेवको सेवाढोग एवम् सादर दण्डवत गर्दछु ।

कुनै पनि व्यक्ति भित्र सुषुप्त रुपमा लुकेर रहेका ज्ञान, क्षमता, कौशलता, निपुणता र योग्यतालाई बाहिर प्रस्फुटन गराउने यस्ता महान तथा क्षमतावान व्यक्तिहरु जो अरुको हित र भलो मात्र चिताउने व्यक्ति हुन गुरु । जो व्यक्ति आफै सल्किएर अरुलाई उज्यालो प्रदान गर्दछन् । यीनीहरु मैनवत्ति जस्ता हुन्छन् ताकि आफु जलेर अरुलाई अन्धकारबाट मुक्त गराउने काम गर्दछन् । विशेष गरेर हिन्दु धर्म शास्त्रका अनुसार कुनै पनि व्यक्तिलाई गायत्री सुनाउने जसलाई हामी ब्रतबन्धको संस्कार मानेका छौं त्यो मन्त्र श्रवण गराउनेलाई गुरु मानेको छ । अर्काे बहमणहरु लगायत अन्य कुनै पनि जातजातिका व्यक्तिले हिन्दु धर्मको सबै भन्दा ठूलो तथा विश्वको सबै भन्दा पुरानो ग्रन्थ वेदको ज्ञान लिनका लागि प्राप्त गर्ने वेदमन्त्र प्रदान गर्ने व्यक्ति वेद गुरु मानेको छ । दिक्षा मन्त्र प्रदान गर्ने व्यक्ति दिक्षा गुरु मानेको छ । बालबालिकाको पहिलो पाठशाला घर तथा पहिलो शिक्षक वा गुरु आमा र बाबालाई मानेको छ । जसले संस्कार, संस्कृति, आचरण मात्र होईन कि मानवीय जीवनको लागि अति आवश्यक ज्ञान समेत प्रदान गर्ने पुजनीय, आदरणीय सम्मानित व्यक्तित्व आमा बाबालाई गुरु मानेको छ ।

शिशु जन्मदा खाली मस्तिष्क लिएर आएको हुन्छ पछि बाह्य वातावरणको कारण उसको मस्तिष्क भरिदै जान्छ त्यो वातावरण प्रदान गर्दे पूर्व प्राथमिक विद्यालय देखि विश्वविद्यालय सम्म उच्च शिक्षाको ज्ञानकोज्योति प्रदान गर्ने सम्पूर्ण शिक्षक तथा प्राध्यापकहरुलाई सम्मानित तथा आदरणीय गुरु मानेको छ । आफनो घरमा सदा झै पुजा आजा र यज्ञ आराधना तथा संस्कार सिकाउने आदरणीय व्यक्तित्वलाई गुरु मानेको छ । औपचारिक मात्र होइन अनौपचारिक रुपमा शिक्षा तथा दिक्षा अनि मानवीय जीवनमा आफनो जीविको पार्जन गर्नका लागि विभिन्न सीप प्रदान गर्ने व्यक्तित्वहरुलाई गुरु मानिएको छ । त्यसैगरी आफनो लक्ष्य अनुसारको राजनैतिक यात्रा तय गर्ने आदरणीय व्यक्तित्वहरुलाई पनि गुरुका रुपमा अंगिकार गरिएको छ । एकातिर चालक अनुमति वा सवारी साधन सिकाउने व्यक्तिलाई पनि त्यतिकै गुरुको संज्ञा दिएको पाईन्छ । यसरी जहाँ जसरी जसले कुनै पनि व्यक्तिलाई केहि न केहि ज्ञानकोज्योति प्रदान गर्ने सबै आदरणीय व्यक्तित्वलाई गुरु मानिएको छ ।

वास्तवमा गुरु भन्नु नै आफुलाई कुनै न कुनै माध्यामबाट चेतनाको ढोका प्रदान गर्ने माध्यामको आदरणीय व्यक्तित्वलाई भनिन्छ । लुप्त ज्ञान तथा सीपलाई जसरी पनि बाहिर प्रस्फुटन गराउने व्यक्ति गुरु हुनुहुन्छ यस खालका सबै गुरुहरुप्रति आत्म देखि नमन गर्नु पर्दछ । हिजोका दिनमा विभिन्न व्यक्तिहरुले कुनै न कुनै रुपबाट वेदलाई ब्रहमणहरुले मात्र अध्ययन गर्ने शास्त्र हो भनेर दुस्प्रचार गरेर अमानवीय तरिकाले जातिय रुपमा गाली गलौच गरिएको भएतापनि आज त्यस्तो अवस्था छैन । अहिले नेपालसंस्कृत विश्वविद्यालय लगायत बनारस विश्वविद्यालयमा सबैले जातजातिका व्यक्तिहरुले वेद लगायतका धार्मिक ग्रन्थहरुको अध्ययन गरिरहेको तथ्यहरु रहेको पाईन्छ । ज्ञान लिने सवालमा कसैलाई कसैले रोक्न सक्दैन र रोक्नु पनि मुर्खता हो । यसरी ज्ञानकोज्योति प्रदान गर्ने व्यक्तिहरु जसलाई हामी हाम्रो संस्कार तथा पद्धतिले गुरु मानेको छ । अगाडीका केहि गुरुहरुले सायद किन धेरै कुराको प्रचार गर्नु भएन ।

सबै कुराहरु सिकाउनु भएन होला त्यसकारण पनि यसलाई जातीय रुपमा मानिदै आएको होला । कुनै पनि सदगुरुको वाणी लाई जीवनमा प्रयोग गरेर आफनो व्यवहारमा कार्यन्वयन गर्ने काममा हामी किन पछाडी परेका छौं ? हामीले सत्य वचनको वारेमा कहिल्यै पनि आफनो ध्यान लाई एकत्रित गर्न सकेका छैनौ । मानवले जीवनमा सुखको मार्ग बारेका आभाषमा निकै घोत्लिने प्रयास त गर्न सकेन । त्यसमा पनि आफनो अस्तित्वको खोजीमा निरन्तरता नि दिन नसकेका उदाहरण पनि प्रशस्त छन् । संसारमा गुरुहरुका महान वाणीहरुको गहिरो अध्ययन गरेर जीवनका रहस्यहरु, सुख, शान्ति तथा समृद्दि, आनन्दका आधार तथा ति बाटाहरु, जीवन जिउने कलाहरु, लगायत आफना वाणी तथा कर्तव्य लाई संग्रहित गरेर सत्मार्गको खोजी गर्दै उहांहरुका अनुभवको अंगीकार गर्ने काम हामी सबै मानवको कर्तव्य हो ।

हामी २१ औं शताब्दिको गुरु पूर्णीमाको चर्चा गर्र्दै छौं । आज कुनै पनि गुरुको कदर तथा सम्मान भएको देखिदैन मात्र गरिन्छ त भेट हुदा नमस्कार त्यो पनि एक हातले दण्डवत विना त कतिपयले त्यो पनि छोडेका छौं । कतिपयले त देखेपनि नदेखेको जस्तो गर्ने गरेको संस्कार रहेको छ । यो किन ? के भएर होला ? यसको खोजी गरिनु पर्दछ । यदि यहि रहेमा भोली हामीमा तहस नहसको वातावरण नहोला भन्न सकिदैन । हामीमा कुनै पनि देशको संविधान तथा कानुन आउनु अगाडी हाम्रो धार्मिक संस्कार तथा संस्कृति आफैमा संविधान तथा कानुन थियो । त्यसैको आडमा राज्य सञ्चालकहरु राज्यसत्ता सञ्चालन गरेको थिए भने जनताहरु सोहि संस्कारमा अडिग रहेर आफना काम काजहरु गरिरहेका प्रमाणहरु नेपालको शैक्षिक इतिहासमा उल्लेख गरिएको छ ।

हुन त गुरुले आफु जलेर पनि शिक्षा दिईरहनु भएको हुन्छ तर पनि आजको समयमा गुरु शब्दलाई कता कता गुरु होईन कि गोरुको संज्ञा दिएको जस्तो महसुस हुने गरेको पाईन्छ । गुरुको दर्जा बाबा, आमा सरह हो र हुनु पर्छ तर आज आफनै शिक्षक तथा धर्म गुरुहरुबाट शिष्यप्रति अमानवीय व्यवहारहरु हुने गरेका घटनाहरुले गर्दा होला गुरुप्रतिका मान, सम्मान तथा आदरपनमा निकै कमि आएको छ । अर्काेतिर हामीले हाम्रा छिमेकी मुलुकहरु वा पश्चिमी संस्कृतिको अंगीकारको कारण हाम्रो वा पूर्वीय संस्कृति प्रति वेवास्ता तथा अपहेलना समेत गर्ने गरेका छौं । जसको फलस्वरुप हरेक दिन हत्या, आतंक, बलत्कार, मनौवैज्ञानिक ह्रासमेन्टको वातावरण देखा परेको छ । हामीले हाम्रो संस्कार, संस्कृति तथा परम्परा विर्सेको कारण नै यो अवस्थाको सिर्जन भएको हो । यसो गर्दा गुरुपूर्णीमा के अर्थ ? यो त एउटा सोसियल मेडियामात्र सिमित हुने छ । फेसबुके वालहरुमात्र भरिने छन् यो त काम कुरा उकातिर कुम्लो बोकि ठिमीतिरको भनाईलाई यसले चरितार्थ सिद्ध मात्र गर्ने छ ।

निष्कर्षमा भन्नु पर्दा गुरुहरुले पनि नकारात्मक भावना होईन सकारात्मक भावनाका फलस्वरुप ज्ञान, सीप प्रदान गर्नु अति उत्तम हुन्छ । यदि त्यसो गर्न सकिएन भने भोलीका दिनका गुरुहरु प्रतिको सम्मान तथा आदरपन हराएर जाने र गुरु पनि गोरु जस्तै हुनबेर लाग्ने छैन । आजको दिन गुरुहरुको सम्मान गर्न एकदिन दिएको गुरु पूर्णीमाको दिन प्रदान गरिएको छ । यस दिन मात्र होईन हरेक दिन गुरुब्रहा गुरुविष्णु गुरुदेवो महेश्वर : । गुरु साक्षत परब्रह : तस्मै श्री गुरुवे नम : । जप तप ध्यान गर्नु पर्दछ । जसको आर्शिवाद तथा उपदेश र सन्दशको फलस्वरुप आजको अवस्था सम्म आई पुगेका छौं गुरु सम्मान तथा आदरमा नै हाम्रो कल्याण छ हाम्रो फल प्राप्तिको आधार निर्माण हुन्छ तथा धर्म परम्पराको जगेर्ना गर्न सकिन्छ । आ आफनै धर्म परम्परा भएपनि गुरु प्रति आदर तथा सम्मानमा कुनै पनि धर्मले कम व्याख्या गरेका छैनन् । त्यसकारण पनि आजको दिन मात्र होइन कि सदाझै आफना अग्रज गुरुप्रति अन्र्तरआत्म देखि स्मरण गरौं सम्झिने कोशिसमा कति पनि कन्जुस्याई नगरौं यसैमा हाम्रो भलो हुने र गुरुको सम्मान पनि हुने गर्दछ । जसको फलस्वरुप हामी तथा हाम्रो अस्तित्व समेत जोगाउन सकिन्छ ।

अन्त्यमा मेरा सम आदणीय गुरुहरु पुजनीय बाबा तथा आमा श्री नन्द कुमार शर्मा आचार्य एवम् केवला शर्मा आचार्या, गायत्री तथा वेद गुरु श्री शिव प्रसाद न्यौपाने उपाध्याय, दिक्षा गुरु डा. यतिराज घिमेरे आचार्यज्यू, औपचारिक शिक्षा वा प्राथमिक शिक्षा प्रदान गर्ने आदरणीय गुरुहरु श्री यज्ञ प्रसाद शर्मा, श्री टिकाराम शर्मा, श्री डण्डविर ओली, स्व. विजय पुन, टोप बहादुर के.सी., श्री खिम बहादुर शाह, श्री भिम बहादुर वली निम्न माध्यामिक शिक्षा प्रदान गर्ने सम आदरणीय गुरुहरु स्व. यज्ञ बहादुर हमाल, श्री कुमार देव, श्री विरेन्द्र कुमार शाह, श्री रोशन राना, माध्यामिक शिक्षा प्रदान गर्ने गुरुहरु श्री चन्द्रदेव चौधरी, भिम बहादुर वली, श्री विष्णु प्रसाद शर्मा, श्री प्रसाराम खत्री, स्व. रुद्र बहादुर वली, विद्यानन्द चौधरी, कक्षा ११ र १२ को शिक्षा प्रदान गर्ने आदरणीय गुरुहरु स्व. राजतिराम पाठक, श्री कृष्ण पाठक, श्री स्व. फत्ते बहादुर सिंह, श्री प्रा. मोहन जंग शाह, स्नातक तहको शिक्षा प्रदान गर्ने आदरणीय गुरुहरु श्री शिशिर कुमार शर्मा, श्री लालमणी आचार्य, श्री हरि प्रसाद तिमिल्सेना, डा. हरी तिवारी, श्री विष्णु बहादुर के.सी., स्व. फत्ते बहादुर शाह, श्री माधव ढकाल, तथा स्नातकोत्तर तहको शिक्षा प्रदान गर्ने आदरणीय गुरुहरु प्रा. डा. तिर्थराज पराजुली, प्रा.डा. प्रेम नारायाण अर्याल, डा. विश्ववाला शाह थापा, डा. हरिशण श्रेष्ठ, सह प्राध्यापक श्री किरणराम रञ्जितकार, सश प्राध्यापक श्री शिवराज बढु, सह प्रा. श्री यशोधरा पन्त, श्री धु्रव प्रसाद निउरे, श्री चोलाकानत घिमिरे, श्री बालकृष्णा अधिकारी, श्री देवि प्रसाद भट्टराई, लगायत सम्पूर्ण गुरुहरु प्रति मेरो नमन छ साथै यहाँहरुले दिएको बाटो म अनिवार्य पनि अंगीकार गरिहने छु र गरेको ।

जसको कारण मैले आज विश्वविद्यालयमा आफनो ज्ञान त्यसरी नै दिईरहेको छु । आजको दिन मात्र होईन सदा झै यहाँहरुको आर्शिवाद लागिरहोस मेरा आदरणीय गुरुहरुप्रति निकै ऋणी भएको महशुस समेत गरेको फलस्वरुप आजको विशेष दिन विशेष तरिकाले यहाँहरुले पनि सम्झिने प्रयास गर्नु होस धन्यावाद ।  जय गुरुदेवः जय जय करुणा राशी जय गुरु परमात्मणे नमः जय गुरु चरणकमलभ्यो नमः  ॐ ॐ ॐ
लेखक-  मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, बाँके पाठ्यक्रम तथा मूल्याङ्न विभागका विभागीय प्रमुख तथा वैदिक धर्म परिषद नेपाल बाँकेका सचिव पनि हुनु हुन्छ ।