सयुक्त विद्यार्थी संगठनद्धारा एमयुमा अनिश्चितकालिन तालावन्दी

सुर्खेत,सयुक्त विद्यार्थी संगठनद्धारा मध्यपश्चिम विश्वविद्यालय(एमयु)मा अनिश्चितकालिन तालावन्दी गरिएको छ । विहीबार विद्यार्थी संगठनले आफ्ना १८ वुँदे मागप्रति क्याम्पस प्रशासन उदासिन वनेको भन्दै तालावन्दी गरेका हुन् ।

विद्यार्थीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गरियोस्,विद्यार्थीको जायज मागहरुको संम्वोधन गरियोस् भन्दै विश्वविद्यालयको केन्द्रिय कार्यालय,भिसी कार्यालय,रजिस्ट्रार कार्यालय सम्पुर्ण डिन कार्यालय,परिक्षा नियन्त्रण कार्यालय,शिक्षा शास्त्र संकाय,विज्ञान तथा प्रविधी संकाय,मानविकी संकाय,व्यवस्थापन संकाय,ल क्याम्पस र इन्जिनियरिङ संकायमा अनिश्चितकालिन तालावन्दी गरिएको अनेरास्ववियु क्रान्तिकारीकी नेतृ ममता अधिकारीले बताइन् । 

अधिकारीका अनुसार विद्यार्थीहरुले उठाएका मागहरु उचित रहेको,विद्यार्थीमाथी विश्वविद्यालयले खेलवाड गरेको समेत बताइन् । विश्वविद्यालय प्रशासनले विद्यार्थीका मागहरुलाई अझै संम्वोधन नगरेमा जे पनि हुन सक्छ भन्दै चेतावनी समेत दिइन् ।

केहिदिन अघि सयुक्त विद्यार्थी संगठनलेनै विश्वविद्यालयका भिसीको पुत्ला दहन समेत गरेका थिए। विश्वविद्यालयमा तालावन्दी गर्नको लागि विभिन्न पार्टिका विद्यार्थी संगठनका नेता कार्यकर्ता तथा विद्यार्थीहरुको वाक्लो उपस्थिती रहेको थियो ।

यस्ता छन १८ बुँदे मागहरु