चितवनमा एक युवक मृत फेला

घटनास्थलमा गोलीको खोका भेटियो

चितवन,जिल्लाको भरतपुर महानगरपालिका १७ को बनगाई डेरी चोक नजिकै शंकास्पद एक युवकको शव फेला परेको छ । 

डेरी चोकबाट दक्षिण तर्फ शारदानगर जाने बाटो तर्फको बीचमा रहेको घोलमा अन्दाजी ३० वर्षिय युवकको शव फेला परेको हो । सो ठाउँमा डुबेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान भएको छैन ।

मृतकको टाउकोमा गोली लागेको जस्तो देखिएको र घटनास्थलमा एक थान गोलीको खोका समेत भेटिएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।