एउटै मन्चमा देखिदै दाहाल,नेपाल,विप्लव र वैद्य

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,एमाले नेता माधवकुमार नेपाल,नेकपा महासचिव नेत्रविक्रम चन्द र नेकपा(क्रान्तिकारी)माओवादीका अध्यक्ष मोहन वैद्य एउटै मन्चमा देखिने भएका छन् ।

सुक्रबार एउटै मन्चमा उपस्थित भएर भाषण गर्ने तयारी रहेको एक स्रोतले बताएको छ । पुष्‍पलाल मित्रता केन्द्रको आयोजनामा हुने कार्यक्रममा उनीहरू एउटै मन्चमा देखिने तयारी थालेका हुन् । ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचनसहित श्रद्धान्जली कार्यक्रम हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा एमाले नेतृ अष्टलक्ष्मी शाक्य, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीसमेत सहभागी हुनेछन् ।