कलाकार उत्तम नेपालीको निधन

काठमाडौं,वरिष्ठ कलाकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य उत्तम नेपालीको निधन भएको छ ।

मनमोहन कार्डियो भास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा बुधबार बिहान ४ बजे उनको निधन भएको हो ।नेपाली अमूर्त कलाका सिद्धहस्त कलाकार मानिन्छन् ।

उनी ८५ वर्षका थिए । उनमा केही दिनदेखि मुटुको समस्या थियो । उनको परिवारमा दुई छोरीहरू छन् ।